भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछः कांग्रेस नेता गिरी | Khabarhub Khabarhub

भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछः कांग्रेस नेता गिरी


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाउने बताएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफपल भईरहदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे ।

उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपुर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहलकदमी गर्न आग्रह गरे ।

उनले भने “विपक्षमा रहेर कहिलेही पनि त्यस्ता मागलाई उठाउनु हुदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कुटनीति भनेको चुनाव लड्ना गर्ने भाषण होइन । सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो ।”

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ६ : १९ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई