धुलिखेल र चीनको शियान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाबारे छलफल « Khabarhub

धुलिखेल र चीनको शियान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाबारे छलफल


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शियान- धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु र चीनको शियान नगरपालिका भगिनी सम्बन्ध विभागका प्रमुख वाङ फेङबीच भेटवार्ता भएको छ ।

चीनको शान्सी प्रान्तको शियानमा भएको भेटमा धुलिखेल र शियान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा छलफल भएको थियो ।
प्रमुख फेङले धुलिखेल र शियानबीच भगिनी सम्बन्ध स्थापना गर्न आफूहरु तयार रहेको बताए ।

उनले भने,’नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि शियान र धुलिखेलबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन जरुरी छ र त्यसकालागि हरेक क्षत्रमा सहकार्य गरेर अघि बढ्न शियान तयार छ ।’

धुलिखेलका मेयर ब्यान्जुले नेपाल र चीनबीचको प्राचीन सम्बन्धलाई थप विस्तार गर्न जरुरी रहेको बताए । ‘नेपाल र चीनबीच भृकुटीको समयदेखि रहेको मित्रतालाई थप उचाइमा पुर्‍याउन जरुरी छ’, मेयर ब्यान्जुले भने, ‘त्यसका लागि शियान र धुलिखेलबीच पारस्पारिक हित, शिक्षा, पर्यटन, विकास निर्माण लगायतमा मिलेर काम गर्न जरुरी छ ।’

मेयर ब्यान्जुले शियानले छोटो समयमा गरेको विकाश र समृद्धिलाई धुलिखेल र नेपालका अन्य नगरपालिकाले अवलम्बन गर्दा फाईदा पुग्ने बताए । आफ्नो शियान भ्रमणले धुलिखेलको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास मेयर ब्यान्जुको थियो । भेटमा प्रमुख फेङसहित शियान नगरपालिकाका अन्य पदाधिकारीको पनि उपस्थिती थियो । यस अघि सोमबार मेयर ब्यान्जु र शियान नगरपालिकाका मेयर लि मिनयुङवीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ४७ बजे

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन