भेनेजुएलाका राष्ट्रपतिलाई क्युबाको साथ « Khabarhub

भेनेजुएलाका राष्ट्रपतिलाई क्युबाको साथ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हवाना– क्युबाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सरकारप्रति पुनः समर्थन जनाएको छ ।

क्युबाका राष्ट्रपति मिगेल डियान कनेलले ट्वीट गर्दै अमेरिकाले क्युबामाथि लगाएको नाकाबन्दीको निन्दा गरेका हुन् । उनले भेनेजुएलाका जनता तथा राष्ट्रपति निकोलस मादुरोको सरकारप्रति क्युबाको समर्थन तथा ऐक्यबद्धता निरन्तर जारी रहेको समेत जनाएका हुन् ।

उनले अमेरिकी नाकाबन्दीको निन्दा गर्दै भेनेजुएलाका जनताको स्वाभिमान र प्रतिष्ठालाई कसैले कमजोर आँक्न नसक्ने समेत टिप्पणी गरे । उनले भेनेजुएलाका जनता र बोलिभारियन क्रान्तिलाई कुनै पनि बाह्य शक्तिले तोड्न नसक्ने समेत उल्लेख गरे ।

दुई हप्ताअघि डियाजले भेनेजुएलाका भ्रमण गरेका थिए । भेनेजुएलाका समाजवादी राष्ट्रपति निकोलस मादुरोका विरुद्ध जनताले प्रदर्शन गरेपछि प्रदर्शनकै माझ गत जनवरी महिनामा त्यहाँका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए ।

गुआइदोको उक्त घोषणासँगै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोको सरकार तथा मादुरो सरकारका अधिकारीमाथि नाकाबन्दी र प्रतिबन्धको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : २१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ