मुसलमान बहिनीको हातबाट राखी बाध्छन् मोदी « Khabarhub

मुसलमान बहिनीको हातबाट राखी बाध्छन् मोदी


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभरका हिन्दुहरुले बिहीबार रक्षाबन्धन मनाउँदै छन् । भारतमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर रक्षाबन्धन मनाउँछन् ।

रक्षा बन्धनका दिन भारतका करोडौं मानिसहरुले दाजुभाइ–दिदीबहिनीको आपसी सम्बन्ध प्रगाढ बनाउनका लागि राखी बाध्ने चलन छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हरेक वर्ष राखी बाध्दै आएका छन् । सुन्दा अचम्म लाग्नसक्छ, उनलाई राखी बाधिदिने उनकी बहिनी भने पाकिस्तानी मुसलमान हुन् ।

नरेन्द्र मोदीलाई कट्टर हिन्दूवादी नेता मानिन्छ । सञ्चारमाध्यममा उनी पाकिस्तान र मुसलमान धर्मावलम्बीप्रति अनुदार रहेको भन्ने टिप्पणी भइरहन्छन् । तर, नरेन्द्र मोदीले भने विगत ३६ वर्षदेखि पाकिस्तानी मुसलमान महिलाको हातबाट राखी बाध्दै आएका छन् ।

पाकिस्तानमा जन्मेर हाल भारतको अहमदावादमा बसोबास गर्दै आएकी कमर मोहशीन शेखको हातबाट मोदीले विगत ३६ वर्षदेखि राखी बाध्दै आएका छन् ।

ती महिलाले राष्ट्रिय स्वयंसेवक संघ आरएसएसमा काम गर्ने समयमा उनको मोदीसँग भेट भएको थियो । त्यसबेला देखि उनले मोदीलाई राखी बाधिदिने गरेकी छिन् । यो वर्ष पनि मोदीलाई राखी बाधिदिन उनी अहमदावादबाट नयाँ दिल्ली पुगिसकेकी छिन् ।

यो वर्ष भारतको स्वतन्त्रता दिवस र रक्षाबन्धन एकै दिन परेकाले मोदीले शुरुमा भारतको स्वतन्त्रता दिवससका दिन लाल किल्ला पुगेर सम्बोधन गर्नेछन् । त्यसपछि उनको हातबाट राखी बाध्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : २८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको