प्रहरी कुट्ने समाजवादी पार्टीका नेता उमेश यादव पक्राउ « Khabarhub

प्रहरी कुट्ने समाजवादी पार्टीका नेता उमेश यादव पक्राउ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा समाजवादी पार्टीका नेता उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति विराटनगर रोडशेष चोकमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको पाएपछि प्रहरीले यादवलाई रोकेको थियो । मोटरसाइकल रोकेपछि यादवले प्रहरी जवान श्यामकुमार चौधरीमाथि हातपात गरेका थिए ।

ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट भएपछि प्रहरीले पछाडि बसेका यादव र मोटरसाइकल चालकलाई पनि पक्राउ गरेको थियो । मोटरसाइकल चालक बुधबार बिहान छुटेका छन् ।

पक्राउ परेका यादवमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजुले जानकारी दिए ।

यादव स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरम र तत्कालिन माओवादी गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका व्यक्ति हुन् । उनी तत्कालिन संघीय समाजवादी फोरमको मोरङ जिल्लाको पूर्वअध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ९ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको