कतारमा नेपालीमाथि सांघातिक हमला : एकजनाको मृत्यु, भीडभाडमा नजान दूतावासको अपिल « Khabarhub

कतारमा नेपालीमाथि सांघातिक हमला : एकजनाको मृत्यु, भीडभाडमा नजान दूतावासको अपिल


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको ज्यान गएको छ । मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दोहास्थित नेपाली राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सांघातिक आक्रमणमा परी सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको जनाएको छ । मृतकको शव आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि हमाद अस्पतालमको शव गृहमा राखिएको छ ।

घाइतेमध्ये उमर अन्सारीको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

मारिने तथा घाइते हुने सबै सुनसरी जिल्लाका छन् । मृतक तथा घाइतेहरुको विस्तृत विवरण उनीहरुका परिवारलाई जानकारी गराइएको र यस घटनाबारे कतार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ ।

योसँगै कतारस्थित नेपाली दूतावासले नेपालीहरुलाई भीडभाड रहेको स्थानमा अत्यावश्वक कामबाहेक नजान र सुरक्षा सतर्कता अपनाउने समेत आह्वान गरेको छ ।

घटनामा संलग्न मध्ये केहिलाई कतार प्रहरीले पक्राउ गरेको जनाइएको छ । नेपालीलाई ब‌ंगलादेशी नागरिकहरुले आक्रमण गरेको बताइएपनि दूतावासले भने यस बारेमा केहि उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ९ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको