२५ डिग्री तापक्रम भएको स्थानमा हिउँ पार्दै जापान « Khabarhub

२५ डिग्री तापक्रम भएको स्थानमा हिउँ पार्दै जापान


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानले गर्मी छल्न नयाँ प्रविधिको प्रयोग गरिरहेको छ । जुलाईमा हुने ओलम्पिकका दर्शक र खेलाडीलाई गर्मी नहोस भनेर नक्कली हिँउ पार्ने नयाँ प्रविधिको प्रयोग गरेको हो ।

यही प्रविधिको प्रयोग गरेर जापानको राजधानी टोक्योमा आजकल २५ डिग्री सेल्सियस तापक्रम छ तर एउटा खेलस्थलमा भने दर्शकहरूले हिउँ परेको अनुभव गरेको बीबीसीले उल्लेख गरेको छ।

यो अनौठो मौसम सन् २०२० को ओलिम्पिक आयोजकहरूले दर्शकहरूलाई गर्मीबाट बचाउन गरेको एउटा नयाँ प्रविधिको परीक्षण हो ।

सी फरेस्ट वाटरवे खेलस्थलको दर्शकदीर्घामा झन्डै तीन सय किलो नक्कली हिउँ छरिएको थियो। यसको उद्देश्य यसले तापक्रम र आद्रता कम गर्न सहयोग गर्छ कि गर्दैन भनेर परीक्षण गर्नु थियो।

जुलाईमा टोक्योको तापक्रम ३५ डिग्री सेल्सियस पुग्छ जसले गर्दा आगामी ओलिम्पिकमा दर्शकहरूलाई स्वास्थ्य समस्या हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।

यो खेलस्थलमा ओलिम्पिकका रोइङ् र कनूइङ्‍का खेलहरू खेलाइने योजना छ। दुई हजार दर्शक क्षमता रहेको यस खेलस्थलका आधा सीटहरूमाथि छानो छैन।

शुक्रवार टोक्यो ओलिम्पिक आयोजक समितिले पाँच मिनेट नक्कली हिउँ पार्ने परीक्षण गरेको थियो।

सन् २०१८ मा गर्मीका कारण एक सातामा कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापान सरकारले प्राकृतिक विपत्ति घोषणा गरेको थियो।

सन् २०१९ को जुलाईमा गर्मीमा कारण पाँच हजारभन्दा बढी व्यक्तिहरू अस्पताल पुगेका थिए।

सडक दौड हुने ४२ किलोमिटर सडकमा तापक्रम कम गर्ने प्रविधि प्रयोग गरेर सडकको तापक्रम आठ डिग्रीसम्म कम गरिएको बताइएको छ।

अन्य प्रयोगहरूमा सकेसम्म धेरै रुख रोप्ने एवम् वातानुकूलन प्रविधि भएका घरहरूलाई ढोका खुला राख्न अनुरोध गरिएको छ।

सन् २०२० ओलिम्पिक खेलकुद जुलाई २४ देखि अगस्ट ९ सम्म आयोजना हुनेछ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ६ : ३० बजे

करेन्ट लागेर टिपर चालकको मृत्यु

सिरहा– यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री