चुनौतिसँगै थालिएको जीपलाइनबाट सफल बन्दै केदार « Khabarhub

चुनौतिसँगै थालिएको जीपलाइनबाट सफल बन्दै केदार



काठमाडौं–हरियाली डाँडा । वारीबाट पारीको डाँडामा विजुलीको पोल जस्तै देखिन्थ्यो । मानिसहरु हावामा चरा झैं हात फिजाएर उडिरहेका थिए साथमा हातमा गोप्रो क्यामेरा बोकेर । हेर्नेहरुको संख्या पनि उत्तिकै देखिन्थ्यो ।

धुलिखेलबाट करिब २ किलोमिटर अगाडी पाँचखालतर्फ बढ्दा सडकको छेउमै एउटा बोर्डमा लेखिएको छ–‘सुपर जीपलाइन, धुलिखेल थाक्ले।’

त्यही बोर्डलाइ पछ्याउँदै जाँदा एड्भेञ्चरस् र रोमाञ्चक खेल जिपलाइ खेल्ने ठाउँ पुगिन्छ । यो एउटा साहसिक खेल हो ।

सिन्धुपाल्चोकका केदार थापा र भूपेश श्रेष्ठको संयुक्त लगानीमा बनेको यो खेलको सुरुवात गरेका हुन् । सुन्दा अचम्म लाग्न सक्छ हावामा पनि मान्छे उड्छ र ? तर, यो अचम्मको कुरालाई उनीहरुले व्यवहारमै उतारेका छन् ।

विशेषगरी स्वदेशमै काम गर्न चाहने युवापुस्ताका लागि थापा एक उदाहरणीय पात्र बन्न सक्छन् । जसले सिर्जनात्मक सोचका साथ स्वदेश नयाँ कामको थालनी गरेका छन् ।

देश बनाउनका लागि युवाहरुको उलेख्य भूमिका रहने हुँदा युवाहरु स्वदेशमै काम गर्नुपर्छ भन्ने थापाको मुलमन्त्र हो ।

दुःख भोगाइ र अनेकौं संघर्ष गर्दै अघि बढेका थापाले आज उदाहरणीय काम मात्र गरेका छैनन् उनले नेपालमै पहिलोपटक साहसिक खेल सञ्चालनमा ल्याएका छन् ।

जुन, खेल विदेशमा मात्रै सञ्चालनमा छन् । जसमा डोरीको सहायताले क्लासिक, सुपरम्यान (सुतेर) र कपुल्स (जोडी) खेल खेल्न सकिन्छ ।

जीपलाइन सञ्चालनमा ल्याउने थापा वि.स. २०४० सालमा सिन्धुपाल्चोकको राम्चे गाविसमा जन्मिए । गाउँमा जन्मिएका थापा बिहान बेलुका खेतवारीमा काम पनि गर्थे र दिउँसोको समयमा विद्यालय जान्थे ।

पढाइमा भन्दा खेलकुदमा रुचि थियो सानैदेखि उनको । विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलाप हरेक पटक सहभागिता जनाउने गर्थे उनी ।

‘विद्यालय रेगुलर जान्थेँ, पढाइ नि ठिकै थिर्यो’ थापाले मुस्कुराउँदै भने ‘तर पढाइमा भन्दा खेलकुदमा चाहिँ राम्रो गर्थें, तेकवान्दो, कराते, फुटबल जस्ता खेलमा पुरस्कृत पनि भएको छु ।

त्यसो हरेक बालबालिकाले भोलिको दिनमा के बन्ने भन्ने कुरा स्कुले जीवनमै तय गर्छन् तर, थापाको जीवनमा भने कहिल्यै त्यो सोच आएन । ‘हाम्रो पालामा के बन्ने के गर्ने त्यस्तो सोचिहाल्ने प्रचलन पनि थिएन नि’ खबरहबसँग कुरा गर्दै उनले भने ‘अहिलेको जस्तो थिएन नि त्यो समय ।’

भोलि के बन्ने भन्ने सोच तय नभएपनि केही नयाँ काम गरेर देशलाई योगदान दिने सोच भने थापाको पहिल्यैदेखि थियो । उनी सुनाउँछन्, ‘पढेर केही बन्छु भन्दा पनि प्राविधिक शिक्षातिर प्रवेश गरेर केही गर्छु सोचेको थिएँ ।

सिन्धुपाल्चोकको ब्राहबिसेस्थित एक विद्यालयमा उच्च शिक्षा हासिल गरेका थापाले अध्ययनलाई त्यही बीट मार्दै रोजगारको खोजीमा लागे।

अरनिको यायायात व्यवसायी

उच्च शिक्षा सकिएसँगै थापा अरनिको यातायात व्यवसायी बन्न पुगे । बाह्रबिसे-काठमाडौं र जिरी काठमाडौं चल्ने बसहरु थिए । त्यसमा व्यवसायीको भूमिका निर्वाह गरेको उनले सुनाए ।

१८ वर्षको उमेरमा बस व्यवसायी बनेका थापाले करिब ५ वर्ष यातायात क्षेत्रमै बिताए । त्यसैसँग रिलेक्टेड भएर खासाको व्यापार गर्न थाले उनले । ‘चाइनाबाट इनपुट गर्थे’ उनले भने ‘हिमालय सिमा पार वाणिज्य संघ नामक संस्थासँग आवद्ध भएर लगभग एउटै फिल्डमा १४ वर्षसम्म समय काम गरेँ।’

काम राम्रै थियो तर उनलाई अरु नै काम गर्ने इच्छा लागेपछि त्यो काम पनि छोडे । त्यसँगै उनी नयाँ सोच लिएर विश्वका विभिन्न मुलुकमा घुम्न समेत पुगे ।

कसरी आए सुपरमान जीप लाइनमा

कुरा हो, ०७२ सालतिरको । भूकम्पले जताततै क्षति पुगेको थियो । विहानै प्रकाशन हुने समाचार पत्रिका हेर्ने थापाको बानी थियो । त्यही क्रममा एक दिन उनी पत्रिका पढिरहेका थिए ।

त्यहाँ उनले देखे ‘इन्टर लक ब्लक’ बनाएका ३ व्यवसायीको नाम अमेरिकन पत्रिका समेत छाएको थियो ।

‘नेपालको व्यापारको राइजिङ स्टार हो भन्ने प्रकारले खोज पत्रकारितामा ३ व्यक्तिको नाम प्रकाशन भएको रहेछ’ ती विगतलाइ सम्झदैं थापाले भने ‘ओ हो ! नेपालमा यसरी फरक काम गर्‍यो भने अन्तराष्ट्रिय बजारमै चिनिन सकिनेरहेछ नि।’

त्यससँगै थापालाई नयाँ केही कामको थालनी गर्ने सोच अचानक पैदा भयो । त्यो दिन उनको मानसपटलमा अझैं ताजै छ । जुन दिन उनी के काम गर्ने भन्दै भौतारिएका थिए ।

‘सरकारले पर्यटन वर्ष २०२० घोषणा गरिसकेको थियो’ उनले भने ‘यसलाई मध्यनजर गर्दै राष्ट्रलाई नै टेवा पुग्ने केही नयाँ काम पो गरौं कि भन्ने सोच आयो।’

अल्पाइन कोस्टार सोचः जीपलाइनतिर प्रवेश

समयसमयमा उनी विदेश भ्रमणमा गइरहन्थें । फुकेट, कम्बोडियालगायत विभिन्न देशहरुमा अल्पाइ कोस्टार र जीपलाइन मज्जाले सञ्चालन गरिरहेको देखे उनले । तर, विदेशमा जस्तो सजिलो भने पक्कै थिएन स्वदेशमा सञ्चालन गर्नलाई ।

थापाको सोच अल्पाइन कोस्टार सञ्चालन गर्ने थियो तर जग्गाको अभावको कारण उनले सुरुवाती चरणमा जीपलाइ सञ्चालनमा ल्याएको बताए ।

‘१ प्रतिशत पनि सोचिनँ कि मलाइ जीपलाइन सञ्चालनमा कठिनाइ हुन्छ कि रिक्स पो हुन्छ कि’ खबरहबसँगको कुराकानीमा थापाले भने ‘नयाँ चिज जे पनि बिक्छ, त्यसकारण जसरी हुन्छ डोरीबाट मान्छेलाई उडाउने र मज्जा दिलाउने सोच मात्र आउथ्यो।’

जीपलाइन पोखरामा पनि सञ्चालित अवस्थामै छ तर सुपरम्यान जीपलाइन भने पहिलोपटक थापाले सञ्चालन गर्दै थिए नेपालमा । चुनौती त थियो नै तर थापाको कर्र्मठ र निरन्तरताले होला उनले जीपलाइन सञ्चालन गर्न सफल भए ।

बाल्यकालदेखि नै खेलकुदका क्षेत्रमा नया आयाम थप्ने सोच बनाएका थापाले वि.स. २०७५ साल फागुन महिनाको १६ गतेबाट ४ करोड लगानीमा धुलिखेलमा जीपलाईन सञ्चालनमा ल्याए ।

यसरी आइपुगे काभ्रे

जीपलाइन शुरु गर्ने निश्चित भएपछि कुन ठाउँमा सञ्चालन गर्ने भन्ने कुरामा पनि अन्योलता थियो उनलाई । त्यसो त नगरकोट, चोभार लगायत अन्य स्थानमा पनि अनुगमन गर्न नगएका होइनन् उनी । विभिन्न कारणले ती स्थान पछाडी पार्दै उनी आइपुगे काभ्रेको धुलिखेल ।

यो पर्यटकको रोजाइको ठाउँ पनि हो । त्यससँगै काठमाडौंबाट छोटो दुरीमा पनि रहेको छ धुलिखेल । जहाँ बन्जी जम्प, र्‍याफटिङ लगायतका खेलहरु खेल्न जानेहरुका लागि अर्को सुविधा पनि लिन पाउँछन् भन्ने लक्ष्यका साथ धुलिखेलमा जीपलाइन सञ्चालन गरेको उनले सुनाए ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-८ थाक्लेडाँडादेखि पाँचखाल नगरपालिका-५ खावासम्म ११ सय मिटरको दूरीमा जीपलाइनमा रमाउन पाइन्छ । धुलिखेलतिरको भागमा टेकअप पोइन्ट । पाँचखालतिरको भागमा ल्यान्डिङ पोइन्ट रहेको छ ।

कसरी प्रेरित भए ?

थापाको घर सिन्धुपाल्चोक । भोटेकोशी नदीमा र्‍याफटिङ र बन्जी खेल्न आउनेहरुको भीड देखिरहन्थे उनले । आफ्नै ठाउको एड्भेन्चरमा स्वदेशी र विदेशीहरुको आकर्षण देख्दा पनि थापाको मन आनन्दित हुन्थ्यो ।

त्यसो त थापाले सिन्धुपाल्चोककै लास्ट रिसोर्टमा रहेको बन्जी जम्पमा पनि केही समय काम गरेका थिए । कामको अनुभवसँगै जीपलाइनमा आउन केही प्रेरणा पाएको अनुभव उनले सुनाए ।

अबको योजना

७ महिनाको अवधिमा १ हजार ५ सय भन्दा बढि व्यक्तिहरुले जीपलाइन खेलिसकेको बताउँदै उनी भन्छन्, ‘आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्रविन्दू बनेको छ, धेरैले रुचाएका पनि छन्।’

‘७० वर्षका आमाले समेत जीपलाइन खेल्नुभएको छ’ खुसी हुँदै उनी सुनाउँछन्, ‘एउटा डाँडाबाट अर्को डाँडामा पुग्न पाए कस्तो होला जस्तो लाग्थ्यो, कल्पना मात्र गरिन्थ्यो, तर आज पूरा भयो भन्नुभयो।’

हालसम्म जीपलाइन सञ्चालन गरिरहेका थापाले सन् २०२० सम्ममा ५ स्थानमा जीपलाइन, काठमाडौं उपत्यकामा करिब २ सय ५० किलोमिटर उचाइमा बन्जी जम्प, स्टीमर, बोर्ड लगायतका खेलहरु सञ्चालनमा ल्याउने सोच बनाएका छन् उनले ।

साहसिक पर्यटकहरुलाई मनोरञ्जन दिने र नेपालमा उदाहरणीय काम गर्ने उनको योजना छ, जसबाट अरु प्रेरित बनुन् ।

वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि उनी भन्छन्, ‘अब विदेशमात्र नभन्नुस स्वदेमै केही गर्नुस् ठूलो लगानी चाहिँदैन।’ केही नयाँ कामको थालनी गर्नसेकमा अवश्य सफल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ११ : ५९ बजे

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र

एमाले पदाधिकारीमा पृथ्वी सुब्बालाई सर्वाधिक मत, यी हुन् धेरै भोट ल्याउने १० नेता

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये उपाध्यक्ष पृथ्वी