चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता – उपप्रधानमन्त्री पोखरेल « Khabarhub

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता – उपप्रधानमन्त्री पोखरेल


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन् ।

टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताए । उपप्रधानमन्त्री पोखरेलले विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरीद ऐन बाधक रहेको बताए ।

“सार्वजनिक खरीद ऐन संशोधन हुँदै छ”, उनले भने, “ऐन संशोधन भएपछि विकास निर्माणका काम समयमै सम्पन्न हुन्छन् ।” उनले विकासका योजनालाई गुणस्तरीय बनाउनका लागि प्रभावकारी अनुगमन अपरिहार्य रहेको बताए ।

विकास निर्माणलाई मूर्त रुप दिन जनप्रतिनिधिको भूमिका अह्म हुने भन्दै जिम्मेवारी बोधका साथ काममा लाग्न जनप्रतिनिधिलाई उनले निर्देशनसमेत दिए ।

स्थानीय नागरिकले अपनत्व बोध गर्न नसके विकासका योजना अलपत्र पर्नसक्ने बताउँदै प्रत्यक्ष रेखदेख र निगरानी गरेमा योजना दीर्घकालीनरुपमा टिकाउ हुने उनको भनाइ थियो ।

पोखरेलले विकास निर्माणका काममा बाधा अवरोध गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने औँल्याउँदै विकासको नाममा कोही पनि विस्थापित हुन नहुने बताए । “कतिपय ठाउँमा विकासका योजना सम्पन्न गर्नका लागि जग्गा नदिएर अत्तो थाप्ने काम गरिएको हुन्छ”, उनले भने‍ “विकासका पूर्वाधार तयार भएपछि ठाउँको महत्व बढ्ने हुँदा अवरोध गर्न खोज्नु हुँदैन ।”

कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँको एकीकृत विकासका लागि महानगरले विशेष योजना तय गर्न लागेको बताए । उनले महानगरमा विकासले गति लिइरहेको भन्दै थुप्रै योजना निर्माणाधीन अवस्थामा रहेकाले अबको केही समयमा विकासको अनुभूति मिल्ने बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ३ : ४३ बजे

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनित (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्

एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको