साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध « Khabarhub

साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडक खण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ ।

शुक्रबार राति आएको अविरल वर्षाका कारण आएको पहिराले शनिबार बिहान जेसिवी प्रयोग गरी सडक सुचारु भएपनि मध्यान्ह पुनः २० मिटर लामो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

अम्कोटमा बिहान आएको पहिरो पन्छ्याएको भएपनि एकैचोटी ठूलो पहिरो आएकाले जेसिवीले सम्भव नभएको निमित्त प्रहरी प्रमुख ढुङ्गानाको भनाइ छ ।

सडकको माथिबाट लगातार पहिरो खस्ने कार्य नरोकिएकाले सडक मर्मत गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । उनले पानीको अवस्था र पहिरो खस्ने कार्य रोकिएपछि मात्र आइतबार सडक मर्मत गरी पुनः सञ्चालन हुने बताए ।

सडकमा पटकपटक पहिरो जान थालेपछि यहाँका स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । सडक अवरुद्ध भएको बाहना देखाउँदै यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ७ : ३१ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा