पहिरोले १० घर विस्थापित, २० घर जोखिममा « Khabarhub

पहिरोले १० घर विस्थापित, २० घर जोखिममा


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० घर–घरिवार विस्थापित भएका छन् । अन्य २० घर उच्च जोखिममा परेका छन् । दैनिक पानी परिरहेकाले माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदी कटानले तानिरहेको हुँदा स्थानीयवासीहरु विस्थापित भएका छन् ।

केही दिनअघि गाउँमाथिबाट आएको पहिरोले स्थानीय यमबहादुर खड्काको भान्छाकोठा पुरिएको थियो । पहिरोसँगै खसेको अजङ्गको ढुङ्गा घरभन्दा केही माथि अड्किएर बसेपछि भयभित हुँदै स्थानीय सङ्गी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवार भागेर अन्यत्र सुरक्षित ठाउँमा आश्रम लिएर बसेका छन् । अड्किएर बसेको ढुङ्गा कतिबेला खसेर क्षति पुर्‍याउँछ भन्ने डरले आफू पनि तातोपानी बजारमा बस्न थालेको स्थानीय भीमबहादुर मगरले बताए ।

पहिरोबाट विस्थापित परिवारलाई पालिकाले नै भाडा व्यहोर्ने गरी सुरक्षित ठाउँमा कोठा खोजेर बस्न अह्राएको र विपद् व्यवस्थापन समितिबाट पनि केही सहयोगको अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

त्यहाँ बसोबास गर्ने परिवार विसं २०३८ मा आएको बाढीबाटै सुकुम्बासी बनेका थिए । तातोपानी बजार क्षेत्रको सार्वजनिक जग्गामा अस्थायीरूपमा टहरामा बस्दै आएकामा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र २०७३ असार २१ को भोटेकोशी बाढीले विस्थापित भएपछि स्थानीय चौकीडाँडाको सार्वजनिक जग्गामा बस्दै आएका छन् । तर, त्यहाँ पनि सीमा प्रहरी कार्यालयको भवन बन्ने भएपछि त्यहाँबाट पनि विस्थापित हुन पुगेकाले व्यवस्थापनका लागि ३ नम्बर प्रदेश सरकारलाई पत्राचार गरिएको अध्यक्ष पौडेलले बताए ।

भूकम्प र त्यसपछिका पराकम्पले थिलथिलो पारेको जमीनमा तातेपानीस्थित अरनिको राजमार्गबाट माथि रहेको कोदारी जाने ग्रामीण सडक खनेपछि झन् बाढी पहिरोको जोखिम बढेको वडासदस्य तेजबहादुर तामाङले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ७ : ५२ बजे

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा

कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी वृहत ट्रेड शो, कस्मेटिका २०२५ हुँदै

काठमाडौं– कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी नेपालमा पहिलो तथा एकमात्र