ओसामा बिन लादनेका छोरा हम्जा अमेरिकी कारबाहीमा मारिएको ट्रम्पद्वारा पुष्टि « Khabarhub

ओसामा बिन लादनेका छोरा हम्जा अमेरिकी कारबाहीमा मारिएको ट्रम्पद्वारा पुष्टि


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामाबिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको पुष्टि गरेका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको‘अफगानिस्तान/पाकिस्तान क्षेत्रमा अमेरिकाले सञ्चालन गरेको प्रतिआतंकवाद कारवाहीमा मृत्यु भएको’ जनाएका हुन् ।

तर, ट्रम्पले हम्जा बिन लादेनको मृत्यु भएको समयबारे केही उल्लेख गरेका छैनन् ।

‘हम्जाको मृत्युले अलकायदाको नेतृत्वलाई मात्र नभइ उक्त समूहको महत्वपूर्ण गतिविधिलाई पनि कमजोर पर्ने छ’ अमेरिकी राष्ट्रपति ट्रम्पले जारी गरेको बयानमा भनिएको छ ।

ट्रम्पले अगाडि भनेका छन्,‘हम्जा विन लादेन अरु आतंकवादी समूहसँगको सम्झौता र योजनाका लागि जिम्मेवार थिए ।’

गत फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो । साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो ।

करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेनले अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

हम्जा बिन लादेनले आफ्ना बुवा ओसामा बिन लादेनको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए । अल कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेवार समूह हो ।

ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ७ : ५१ बजे

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको

ब्राजिलमा भारी वर्षा : १४ जनाको मृत्यु

एजेन्सी– ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको

युक्रेन युद्ध रूसका लागि तीनगुणा असफलता : राष्ट्रपति म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन विरुद्धको रुसी राष्ट्रपति भ्लादिमिर

साढे ११ हजार घुससहित यातायात अधिकृत र लेखापढी व्यवसायी पक्राउ

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत