डा विश्ववन्धु शर्माको उपचार अनुभवमा आधारित पुस्तक सार्वजनिक | Khabarhub Khabarhub

डा विश्ववन्धु शर्माको उपचार अनुभवमा आधारित पुस्तक सार्वजनिक


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर विश्वबन्धु शर्माको उपचार अनुभवमा आधारित ‘मान्छेको मन’ नामक पुस्तक सार्वजनिक भएको छ ।

चार दशकदेखि मनोचिकित्सा क्षेत्रमा कार्यरत डा शर्माले आफूसँग उपचारका लागि आएका मनोरोगीहरूको मनोभावना, मनोरोगका बिरामीको उपचार पछिको सफल जीवन तथा आफ्नै जीवनका भोगाइहरू पुस्तकमा समेटेका छन् ।

डा शर्माको पुस्तक मान्छेको मन मञ्जरी पब्लिकेशन प्रालिले बजारमा ल्याएको छ । शनिबार पुस्तकको विषयमा जानकारी दिदै डाक्टर शर्माले आफूले उपचारको क्रममा भेटेका मनोरोगीको मनका कुरालाई पुस्तकमा समेटेको बताए ।

कार्यक्रम पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले डाक्टर शर्माले लेखेको मान्छेको मनले नेपालीको मानसिक स्वास्थ्य समस्यका विरामी र मनोरोग अवस्थाबारे जानकारी हुने बताए ।

यस्तै जनस्वास्थ्य विज्ञ डा रवीन्द्र समिरले पनि डा शर्माको पुस्तक नेपालीको मानसिक स्वास्थ्य अवस्थाको चित्र भएको बताए । डा शर्माको पुस्तक साहित्य प्रेमीका लागि मात्र नभइ स्वास्थ्य क्षेत्रका सबै सरोकारवाला व्यक्ति, मेडिकल विद्यार्थीहरू र चिकित्सकले समेत पढ्नै पर्ने पुस्तक रहेको बताए ।

डा शर्माले यसअघि पनि मानसिक स्वास्थ्यका विविध अनुभव नामक पुस्तक बजारमा ल्याएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ८ : १५ बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र