लागुऔषधसहित दाङमा पाँच जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित दाङमा पाँच जना पक्राउ


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।

बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इन्जेक्सन दुई एमजिएम, एल एक थान, प्रोमेथाजिन हाइड्रो क्लोराइड दुई एमएल इन्जेक्सन एक थान, फेनिरामाइन्ड मालिट दुई एमएल इन्जेक्सन एक थानसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ का लिजन विसी र घोराही– १५ का प्रवीन विश्वकर्मा रहेका छन् ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) अनुसार मुद्दा दर्ता गरी आवश्य अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ७ : ३२ बजे

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार