आजबाट अबकाश पाउँदै डा. केसी, बोलाए पत्रकार सम्मेलन | Khabarhub Khabarhub

आजबाट अबकाश पाउँदै डा. केसी, बोलाए पत्रकार सम्मेलन


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक-पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले आजबाट सरकारी सेवाबाट अबकाश पाउने भएका छन् ।

उमेरहदका कारण उनले अनिवार्य अवकाश पाउने भएका हुन् । आजबाटै अबकाश पाउने भएपछि डा. केसीले पत्रकार सम्मेलनको आयोजना गर्ने जानकारी दिएका छन् । उनले सोमबार बिहान १० बजे महाराजगंजस्थित त्रिवि शिक्षण अवस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले आफ्नो एजेण्डालाई निरन्तरता दिने विषयमा जानकारी दिने बुझिएको छ । विगत सात वर्षदेखि चिकित्सा शिक्षामा सुधारको माग राखेर डा. केसीले आन्दोलन गर्दै आएका छन् ।

चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए। उनी वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ९ : १२ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास