सवारी दुर्घटनामा परि एक हप्तामा अमेरिकामा ४ नेपालीको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परि एक हप्तामा अमेरिकामा ४ नेपालीको मृत्यु


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी दुर्घटनामा परी अमेरिकामा एक हप्तामा ४ नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

२४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा २२ वर्षीया सिर्जना विश्वकर्माको अवस्था गम्भीर रहेको र उनको माउन्ट कार्मल अस्पतालमा उपचार भइरहेको स्थानीय समाचार संस्था डब्ल्युएमसएचले जनाएको छ । दुर्घटना तीन वटा गाडी एकआपसमा ठोक्किएर भएको थियो ।

यसअघि मंगलबार र बुधबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी महोत्तरीको बर्दिवासका विष्णुप्रसाद सापकोटा र कर्णबहादुर सुवेदीको मृत्यु भएको थियो ।

श्रीमतिसहित घुम्न निस्केका बेला बुधबार केन्टकीमा गाडीले ठक्कर दिँदा सापकोटाको मृत्यु भएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई युनिभर्सिटी अफ केन्टकी अस्पतालले मृत घोषित गरेको थियो ।

उनकी घाइते श्रीमति विमला सापकोटाको सोहि अस्पतालमा उपचार भइराखेको जनाइएको छ । उनको पनि अवस्था जटिल रहेको स्थानीय समाचार संस्था लेक्स १८ ले जनाएको छ। त्यस्तै पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलबार भएको दुर्घटनामा परी कर्णबहादुर सुवेदीको मृत्यु भएको छ । सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १२ : ४४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र