कम्तिमा पनि ६ जना मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

कम्तिमा पनि ६ जना मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री ओली


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् ।

सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जानकारी गराएका छन् ।

सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् ।

नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।

सोमबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए ।

प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो ।

‘प्रधानमन्त्रीज्युले शुरुमा सबै मन्त्रीलाई राजीनामा दिन लगाएर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रस्ताव राख्नुभएको थियो,’ सोमबार बालुवाटारमा ओली र प्रचण्डबीचको भेटवार्तामा भएको कुराकानीबारे जानकारी दिँदै स्रोतले खबरहबसँग भन्यो, ‘तर, प्रचण्डले सबै जनाको राजीनामा माग्दा उपयुक्त नहुने भनेपछि प्रधानमन्त्रीले ८ जनाको नाम पढेर सुनाउनुभयो ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम पढेर सुनाएका थिए । तर, प्रचण्डले केही मन्त्रीको विषयमा पुनर्विचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प सुनाएका थिए ।

जवाफमा प्रचण्डले सचिवालय बैठकबाट निर्णय लिँदा उपयुक्त हुने बताएका स्रोतले जानकारी दियो ।

प्रचण्डले सचिवालयको बैठक बोलाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले पनि तत्कालै सचिवालय बैठक बोलाउने विषयमा सहमति जनाए ।

मंगलबारका लागि सचिवालय बैठक बोलाइएको छ ।

‘चिनियाँ राष्ट्रपति सी भ्रमणको समीक्षा गर्न मंगलबार समीक्षा बैठक बस्दै छ’ एक सचिवालय सदस्यले भने, ‘दुई अध्यक्षले आजै बैठकको एजेण्डा तय गरिसक्नु भएको छ।’

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जान लागेका छन् ।

ओली अजरबैजान जानुभन्दा अगाडि नै मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका बालुवाटार स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ३ : ३५ बजे

ट्रम्पको निमन्त्रणामा मोदी ह्वाइट हाउस जाँदै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले

तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा

जाजरकोटमा टिप्पर दुर्घटना एकको मृत्यु, दुईजना घाइते

सुर्खेत- जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । यो

नुवाकोटका युवक यूएईमा मृत भेटिए, पठाएका थिए गाउँकै पुरुष र श्रीमतीले मर्न बाध्य बनाएको भ्वाइस म्यासेज

काठमाडौं- नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित कार्यरत

कतारमा नबिल बैंकको ‘घर त नेपाल’ नामक बैंकिङ जनचेतना कार्यक्रम

दोहा– नबिल बैंकले कतारमा सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न