नरेश पातलीको झल्को दिने गरी ‘इन्डियन आइडल’ मा एक प्रतियोगीले गाए गीत, नेहाले छोपिन् मुख « Khabarhub

नरेश पातलीको झल्को दिने गरी ‘इन्डियन आइडल’ मा एक प्रतियोगीले गाए गीत, नेहाले छोपिन् मुख


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा लोकप्रिय रियालिटी शो ‘इन्डियन आइडल’ शुरु भइसकेको छ । शोका कैयन् भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।

यसैबीच एक यस्तो भिडियो भाइरल भएको छ, उक्त भिडियोले नेपालमा भएको ‘नेपाल आइडल’ का प्रतियोगी नरेश पातलीलाई सम्झाएको नेपाली दर्शकले लेखेका छन् ।

यतिबेला भाइरल भइरहेको भिडियोमा एक प्रतियोगीले आफूले लगाएको शर्ट खोल्दै गीत गाउँछन् ।

उक्त भाइरल भिडियोमा ती प्रतियोगीले पहिले खाना अर्डर गरेर खान्छन् । शर्ट उतार्दै गीत गाउँछन् । त्यो देखेर नेहा कक्कडले मुख लुकाउँछिन् ।

जज समेत रहेका अन्नु मलिकले ती प्रतियोगीका लागि अर्डर गरेको खाना लिएर आउँछन् र खुवाउँछन् । फेरि ती प्रतियोगीले खीर पनि अर्डर गर्छन् ।

दर्शकले यो भिडियोलाई खुबै रमाइलोका साथ हेरेका छन् । ‘इन्डियन आइडल’ मा नेहा कक्कड, विशाल ददलानी र अन्नु मलिक निर्णायकको भूमिकामा छन् । यो शो ले भारतमा चर्चा कमाउने गर्छ ।

नेपालमा पनि ‘नेपाल आइडल’ शुरु भइसकेको छ । यो रियालिटी शो मा गायन प्रतियोगितासँगै रमाइलो पनि गर्ने गरिन्छ । नेपालमा आइडलमा भाग लिएर झक्कड थापा र नरेश पातली खुबै भाइरल भएका थिए । अझ नरेश पातलीले त गीतसमेत रेकर्ड गराएका थिए ।

 

 

View this post on Instagram

 

A little something to drive away your monday blues @anumalikmusic @vishaldadlani @nehakakkar @adityanarayanofficial

A post shared by Sony Entertainment Television (@sonytvofficial) on

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ४ : १८ बजे

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि