गाउँ नै विस्थापित गर्ने एउटा ढुङ्गो– सेनाले ५ दिन लगाएर फुटायो « Khabarhub

गाउँ नै विस्थापित गर्ने एउटा ढुङ्गो– सेनाले ५ दिन लगाएर फुटायो


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिङ्गो गाउँलाई विस्थापित गर्ने एउटा ढुङ्गोलाई नेपाली सेनाले सुरक्षित रुपमा विस्फोट गराइ फुटाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ गणेशस्थानको दक्षिणतर्फ जंगलभित्र रहेको एउटा ढुङ्गो खस्ने डरले २३ घरधुरीको गाउँ नै विस्थापित भएको थियो ।

ढुङ्गोका कारण गाउँ नै विस्थापित भएको खबर प्राप्त भएपछि नेपाली सेनाको बर्द बहादुर गण, कालीसिद्धी गण र नम्बर १ विपद व्यवस्थापन गणबाट ढुङ्गो फुटाउन सैनिक टोली परिचालन गरिएको थियो ।

सेनाको टोलीले ५ दिन लगाएर सुरक्षित रुपमा विस्फोटन गराइ ढुङ्गो फुटाएको हो ।

सेनाका अनुसार उक्त ढुङ्गो १८ फिट उचाइ, १५ फिट चौडाइ र ६० फिट गोलाइको थियो ।

वातावरणीय प्रभाव मूल्याङ्कन गरी असोज १४ गतेदेखि ढुङ्गो फुटाउन शुरु गरेको थियो । ५ दिन पछि असोज १९ गते ढुङ्गो फुटाउने काम सकिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ४ : १८ बजे

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ