गाउँ नै विस्थापित गर्ने एउटा ढुङ्गो– सेनाले ५ दिन लगाएर फुटायो « Khabarhub

गाउँ नै विस्थापित गर्ने एउटा ढुङ्गो– सेनाले ५ दिन लगाएर फुटायो


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिङ्गो गाउँलाई विस्थापित गर्ने एउटा ढुङ्गोलाई नेपाली सेनाले सुरक्षित रुपमा विस्फोट गराइ फुटाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ गणेशस्थानको दक्षिणतर्फ जंगलभित्र रहेको एउटा ढुङ्गो खस्ने डरले २३ घरधुरीको गाउँ नै विस्थापित भएको थियो ।

ढुङ्गोका कारण गाउँ नै विस्थापित भएको खबर प्राप्त भएपछि नेपाली सेनाको बर्द बहादुर गण, कालीसिद्धी गण र नम्बर १ विपद व्यवस्थापन गणबाट ढुङ्गो फुटाउन सैनिक टोली परिचालन गरिएको थियो ।

सेनाको टोलीले ५ दिन लगाएर सुरक्षित रुपमा विस्फोटन गराइ ढुङ्गो फुटाएको हो ।

सेनाका अनुसार उक्त ढुङ्गो १८ फिट उचाइ, १५ फिट चौडाइ र ६० फिट गोलाइको थियो ।

वातावरणीय प्रभाव मूल्याङ्कन गरी असोज १४ गतेदेखि ढुङ्गो फुटाउन शुरु गरेको थियो । ५ दिन पछि असोज १९ गते ढुङ्गो फुटाउने काम सकिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ४ : १८ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण