सागका लागि २२ हजार सुरक्षाकर्मी खटाइने « Khabarhub

सागका लागि २२ हजार सुरक्षाकर्मी खटाइने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)–२०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ।

आगामी मंसिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिता हुँदैछ। यो प्रतियोगिताको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा छ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ।

यो समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। समितिका सदस्यमा नेपाल प्रहरीका डीआईजी दीपक थापा, सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र सेनाका सहायक रथी हिमांशु खड्का छन् ।

राष्ट्रिय खेलकुद परिषद्को वरिष्ठ कर्मचारी फणिन्द्र पौडेललाई समितिको सचिव तोकिएको छ।

काठमाडौँ, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनेछ। साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका १४ हजार, सशस्त्र प्रहरीका ६ हजार, विशेष प्रहरीका करिब २ हजार र सेना गरी करिब २२ हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ।

नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानका गरी पाँच हजार खेलाडी, प्रशिक्षक तथा सहयोगी कर्मचारी गरी आठ हजार जनाको सहभागिता हुनेछ। साग खेलकुदमा अफगानिस्तान भने सहभागी हुने छैन।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार काठमाडौँमा २९, ललितपुरमा ११, पोखरामा नौ र जनकपुरमा (कुस्ती) एउटा खेल प्रतियोगिता आयोजना हुनेछन्। ती खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन काठमाडौँमा करिब १० हजार, ललितपुरमा सात हजार, पोखरामा दुई हजार सात सय र जनकपुरमा एक हजार सातभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन्।

भारत र पाकिस्तानबीच काश्मीरलाई लिएर विवाद चर्किएपछि त्यसको प्रभाव खेलाडीमा पनि पर्नसक्ने भन्दै त्यसका लागि विशेष किसिमको सुरक्षा योजना तयार पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भारत र पाकिस्तानका खेलाडी र समर्थकबीच हुनसक्ने सम्भावित हुलदङ्गाका लागि होटेलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको समितिले जनाएको छ। समितिका सदस्य फणिन्द्र पौडेलले ती दुई देशका खेलाडी र समर्थकहरूका लागि बास बस्ने होटेलदेखि स्थान पनि फरक–फरक गरी छुट्याइएको जानकारी दिनुभयो।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : १८ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ