सागका लागि २२ हजार सुरक्षाकर्मी खटाइने | Khabarhub Khabarhub

सागका लागि २२ हजार सुरक्षाकर्मी खटाइने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)–२०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ।

आगामी मंसिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिता हुँदैछ। यो प्रतियोगिताको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा छ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ।

यो समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। समितिका सदस्यमा नेपाल प्रहरीका डीआईजी दीपक थापा, सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र सेनाका सहायक रथी हिमांशु खड्का छन् ।

राष्ट्रिय खेलकुद परिषद्को वरिष्ठ कर्मचारी फणिन्द्र पौडेललाई समितिको सचिव तोकिएको छ।

काठमाडौँ, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनेछ। साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका १४ हजार, सशस्त्र प्रहरीका ६ हजार, विशेष प्रहरीका करिब २ हजार र सेना गरी करिब २२ हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ।

नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानका गरी पाँच हजार खेलाडी, प्रशिक्षक तथा सहयोगी कर्मचारी गरी आठ हजार जनाको सहभागिता हुनेछ। साग खेलकुदमा अफगानिस्तान भने सहभागी हुने छैन।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार काठमाडौँमा २९, ललितपुरमा ११, पोखरामा नौ र जनकपुरमा (कुस्ती) एउटा खेल प्रतियोगिता आयोजना हुनेछन्। ती खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन काठमाडौँमा करिब १० हजार, ललितपुरमा सात हजार, पोखरामा दुई हजार सात सय र जनकपुरमा एक हजार सातभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन्।

भारत र पाकिस्तानबीच काश्मीरलाई लिएर विवाद चर्किएपछि त्यसको प्रभाव खेलाडीमा पनि पर्नसक्ने भन्दै त्यसका लागि विशेष किसिमको सुरक्षा योजना तयार पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भारत र पाकिस्तानका खेलाडी र समर्थकबीच हुनसक्ने सम्भावित हुलदङ्गाका लागि होटेलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको समितिले जनाएको छ। समितिका सदस्य फणिन्द्र पौडेलले ती दुई देशका खेलाडी र समर्थकहरूका लागि बास बस्ने होटेलदेखि स्थान पनि फरक–फरक गरी छुट्याइएको जानकारी दिनुभयो।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : १८ बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते