उत्तर ध्रुवीय हावाका कारण अमेरिकाका धेरै ठाउँमा तापमान घट्यो « Khabarhub

उत्तर ध्रुवीय हावाका कारण अमेरिकाका धेरै ठाउँमा तापमान घट्यो


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी ध्रुवक्षेत्रबाट हावाको झोक्का आएका कारण नोभेम्बर महिनामै अमेरिकाका कैयौँ स्थानमा मध्य हिउँदयामको जस्तो हिउँ परेको र कैयौँ स्थानमा हालसम्मकै कम तापमान महसुस गरिएको बताइएको छ।

विभिन्न स्थानमा बाक्लो हिउँ झरेको बताइएको छ। कान्सास र इलिनोय राज्यमा नयाँ रेकर्ड कायम भइरहेको छ। मौसम पूर्वानुमान गर्ने विज्ञहरूका अनुसार यो हप्ता सयौँ त्यस्ता रेकर्ड बन्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ।

खराब मौसमका कारण एक हजार भन्दा बढी हवाई यात्रा रद्द गरिएको छ भने सडक दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएको बताइएको छ। केही क्षेत्रमा विद्यालयहरू पनि बन्द गरिएका छन्।

नेसनल वेदर सर्भिसका अनुसार हावाको झोक्का समतल क्षेत्रबाट पूर्वी तटीय क्षेत्र तर्फ फैलिँदैछ जसकारण नोभेम्बर महिनामा समेत त्यस क्षेत्रका बासिन्दालाई ‘जाडो मौसम जस्तै’ अनुभूति हुन सक्ने त्यो निकायले चेतावनी दिएको छ।

सबैभन्दा कम तापमान गार्डेन सिटीमा मापन गरिएको छ जहाँको तापक्रम माइनस १८ डिग्री सेल्सियस पुगेको बताइएको छ। शिकागोमा पनि हाल सम्मकै कम तापमान मापन गरिएको छ। शिकागोको तापक्रम सन् १९८६ को भन्दा कम रहेको बताइएको छ।

अमेरिका र मेक्सीकोबीचको सीमा नजिकै रहेको टेक्सस राज्यस्थित एउटा सहरमा दुर्लभ हिमपात भएको बताइएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : ३२ बजे

रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको

एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर– विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन

१०८ रोपनी क्षेत्रफलमा एमाले महाधिवेशन उद्घाटन समारोहको मञ्च बन्दै : के छन् विशेषता ?

भक्तपुर – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको उद्घाटन सभा भक्तपुरको

नागढुङ्गा-मलेखु सडकखण्ड : शुक्रबार र शनिबार खुला हुने

मलेखु– दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा