मधुमेह निको पार्ने करेलाका यस्ता फाइदा « Khabarhub

मधुमेह निको पार्ने करेलाका यस्ता फाइदा


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करेला तपाइँले तरकारीको रुपमा खाने गर्नु भएको होला । तरकारीको रुपमा करेलाको प्रयोग स्वास्थ्यका हिसावमा निकै फाइदाजनक रहेको हुन्छ । अझ यसलाई धेरै नपाइकन वा काँचै प्रयोग गर्दा थप फाइदा मिल्ने चिकित्सकहरु बताउँछन् ।

तिते करेला तरकारीका रुपमा हामीले प्रयोग गर्दै आए पनि यसले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । तीते करेलामा प्रशस्त मात्रामा औषधीय गुणहरु हुन्छन् ।

तिते करेला खाँदामा तीतो भएपनि स्वास्थ्यका लागि यो निकै उपयुक्त मानिन्छ । मधुमेह रोगका लागि राम्रो मानिने करेलाले क्यान्सर हुनबाट समेत जोगाउने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको सेन्टलुईस विश्वविद्यालयका शोधकर्ताहरूले करेलाले क्यान्सरका कोशिकाहरू नष्ट गर्ने कुरा पत्ता लगाएका छन् । शोधकर्ताहरूले करेलामा पाइने एक रासायनिक तत्व जसले क्यान्सरका कोशिकाहरूमा ग्लूकोजको प्रयोगलाई रोक्दछ ।

ग्लूकोजले कोशिकाहरूमा उर्जा ल्याउने गर्दछ । जसले क्यान्सरको रोग विस्तार गर्दछ । ग्लूकोजको प्रवाह बन्द हुनाले क्यान्सरका कोशिकाहरू अन्त्य हुन थाल्दछन् ।

करेलाले टाउको दुख्ने, घाँटी एवं पेटको क्यान्सरमा समेत ओखतिको काम गर्ने दावी गरिएको छ । विश्वविद्यालयका प्रोफेसर रे का अनुसार, करेलाको प्रयोगबाट विकसित औषधिहरू बनाउन सकिन्छ, जसले बिना साइड इफेक्ट क्यान्सरयुक्त कोशिकाहरू नष्ट गर्न मद्दत गर्दछ ।

मधुमेहका बिरामीले कसरी प्रयोग गर्ने करेला ?

मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ ।

करेलाको जुस

पहिले ४ वटा करेलालाई लिनुहोस् । सो करेलालाई नतासिकन तिन भागमा काट्नुहोस । काटिएको करेलाको एक भागलाई सय ग्राम पानि मिसाएर जुस बनाउनुहोस । सो जुसमा आधा कागति निचोर्नुस् र स्वाद अनुसारको नुन राखेर पिउनुहोस । यसरीनै बाकि रहेका दुई भाग करेलालाई दिउसो र बेलुका गरेर पिउनुहोस । दैनिक तीन पटक जुस नियमित तिन महिना सम्म पिए डाइविटिजबाट छुटकारा पाउन सकिन्छ ।

करेलाको सब्जी

करेलाको तरकारी पकाउदा करेलालाई नतासिकन बनाउनु पर्दछ ।

करेलाको धुलो

करेलाको सिजनमा २० केजि राम्रो करेलालाई सफा पानिले धुनुहोस । यसरी धोएको करेलालाई मसिनो हुने गरि काट्नुहोस र घाममा सुकाउनुहोस् । सुकेको करेललाई मसिनो गरेर पिस्नुहोस र हावा नछिर्ने बट्टामा राख्नुहोस ।

यस धुलोलाई बिहान एक चम्चा दिउँसो एक चम्चा र बेलुका गरि दिनमा तीन पटक चिसो पानिमा राखेर पिउनुहोस । मधुमेबाट लाभ पाउनुहुनेछ । करेलालाई सुकाएर राख्दा पनि यसको गुण नष्ट हुदैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : ३९ बजे

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस