महाभियोग प्रस्तावअन्तर्गतको सार्वजनिक सुनुवाइ ठट्टा भएको ट्रम्पको भनाइ « Khabarhub

महाभियोग प्रस्तावअन्तर्गतको सार्वजनिक सुनुवाइ ठट्टा भएको ट्रम्पको भनाइ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आफूविरुद्ध प्रस्तुत गरिएको महाभियोग प्रस्तावअन्तर्गत अघि बढाइएको पहिलो सार्वजनिक सुनुवाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठट्टाको सङ्ज्ञा दिएका छन् ।

उक्त सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताएका थिए ।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उक्त सुनुवाइलाई ठट्टाको सङ्ज्ञा दिए ।

उनले भने, “मैले एक मिनेट पनि त्यसलाई हेरेको छैन। किनभने म त्योभन्दा महत्त्वपूर्ण कामअन्तर्गत भेटघाटमा थिए । त्यहाँ भनिएका सबै कुरा बनावटी हुन्। त्यो अघि बढ्न दिनु हुँदैनथ्यो ।”

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिन अमेरिकी सहायता रोकेको आरोप लागेको छ ।

जो बाइडन अमेरिकाका उपराष्ट्रपति हुँदा सन् २०१४ बाट उनका छोराले युक्रेनी ऊर्जा कम्पनीमा काम गरेका थिए ।

आफ्नो विस्तृत सम्बोधनका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले राष्ट्रपति ट्रम्प भूतपूर्व उपराष्ट्रपति बाइडनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने विषयमा बढी केन्द्रित रहेको आफ्ना एक सहयोगीलाई बताइएको जनाएका थिए ।

उनका अनुसार राष्ट्रपति ट्रम्पले बाइडनमाथि हुने भनिएको अनुसन्धानका विषयमा सोधपुछ गरिएको टेलिफोन संवाद ती कर्मचारीले छेउमा बसेर सुनेका थिए ।

यदि यी दुईमध्ये कुनै एक व्यक्तिले टेलरको भनाइलाई समर्थन गरे भने ट्रम्पको बचाउमा आइरहेका तर्कहरू कमजोर बन्नेछन्।

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार पहिलो सुनुवाइले डेमोक्र्याटहरूलाई प्रसन्न बनाएको छ र राष्ट्रपतिको सहयोगी समूहका सामु नयाँ टाउको दुखाइका विषयहरू प्रस्तुत गरिदिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : ५१ बजे

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको