महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता « Khabarhub

महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला भलिबल टोलीले ऐतिहासिक सफलता हात पारेको छ । बंगलादेशमा भएको पहिलो संस्करणको एसियन भलिबल कन्फेरेडेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उपाधि हात पारेको महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

बिहीबार भएको फाइनलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्यो । नेपाली महिला टोली एभिसीमा अपराजित रहँदै उपाधि हात पार्न सफल भएको हो ।

यसअघि सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले रजत पदक जितेको थियो भने दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य जितेको छ ।

नेपालले माल्दिभ्ससँग पहिलो सेट २५–१३ ले जितेको थियो भने दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–८ ले पाखा लगाउँदै नेपाल उपाधि चुम्न सफल भयो ।

राउण्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा यस अघि नेपालले माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो । जिवर्तमान कप्तानसहित ६ जना खेलाडीलाई आराम दिएर एभिसीका लाटि टोली छनोट गरेको भलिबल संघले एभिसीमा स्वर्ण जित्ने दाबी गर्दै आएको थियो भने अब यहिँ टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ४ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार