किन यसरी खस्कियो सौगातको करिअर? « Khabarhub

किन यसरी खस्कियो सौगातको करिअर?


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रंगमञ्च हुँदै फिल्म उद्योगमा उदाएका अभिनेता सौगात मल्लका फिल्म एकपछि अर्को गर्दै प्रदर्शन भएका छन् । यद्यपि केही वर्षयता उनले एउटा पनि सफल चलचित्र दिन सकेका छैनन् ।

कागबेनी, के यो माया हो जस्ता फिल्मबाट औसत प्रतिक्रिया पाएका सौगातलाई ‘लूट’ ले एकाएक चर्चामा ल्यायो । यो फिल्ममा उनले ‘हाकु काले’ को चरित्र निभाएका थिए । उक्त चरित्रले सौगातलाई एकाएक चर्चाका शिखरमा पुर्‍याइदियो ।

यतिबेला सौगात ‘लप्पन छप्पन २’ को छायांकनमा व्यस्त छन् । उनी अभिनित फिल्म ‘माछा माछा’ मंसिर २० गतेदेखि प्रदर्शनमा आउँदैछ । तर, यो फिल्मको कुनै चर्चा छैन ।

कबड्डी कबड्डी, निभ्न लागेको दियो, लूट २ लगायतका फिल्मबाट पनि खुबै चर्चा कमाएका सौगात पछिल्लो समय भने चर्चामा छैनन् । दर्शकले पनि सौगातका चलचित्रलाई पहिलेजस्तो नोटिस गर्न छोडेका छन् ।

फिल्म ब्याक टु ब्याक प्रदर्शनमा आउन थालेपछि सौगातका फ्यान भड्किएका छन् । कुनै समय कुशल अभिनय गर्ने अभिनेताको छाप बनाएका सौगातलाई क्रेज भएका अभिनेताका रुपमा समेत हेर्ने गरिन्थ्यो ।

बरु कुनै सौगातको भन्दा कम क्रेज भएका दयाहाङ राई, विपिन कार्कीको चर्चा छ, तर सौगातले भने आफ्नो क्रेज जोगाइराख्न सकेनन् ।

कतिपयले व्यक्तिगत जीवनका कारण सौगातको करिअर ओरालो लागेको पनि भन्न थालेका छन् । पछिल्लो समय अभिनेत्री सृष्टि श्रेष्ठसँग प्रेममा रहेका सौगात आफ्नो सम्बन्धको बारेमा भने खासै खुल्न चाहन्नन् ।

एकताका कैयन् हिट फिल्म दिएका सौगात पछिल्लो समय भने निरन्तर फ्लप फिल्म दिइरहेका छन् । उनले अभिनय गरेका फिल्म लुकामारी, मेरो पैसा खोइ, फाटेको जुत्ता, पञ्चे बाजा, लालपूर्जा लगायत अन्य फिल्म व्यावसायिक हिसाबले असफल रहे ।

अब यतिबेला उनी अभिनित फिल्म ‘माछा माछा’ त प्रदर्शनका क्रममा छ । तर, सौगातको कुनै चर्चा छैन । कलाकारको क्रेज त्यतिबेला देखिन्छ, जतिबेलादेखि फिल्मको प्रचार सामग्री र ट्रेलरले दर्शकको ध्यान खिच्छ । पछिल्लो समय भने सौगातका फिल्म आएको र गएको समेत दर्शकलाई पत्तो छैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : २३ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको