यस्तो छ डा. भट्टराईले पेश गरेको राजनीति प्रतिवेदनको पूर्ण पाठ « Khabarhub

यस्तो छ डा. भट्टराईले पेश गरेको राजनीति प्रतिवेदनको पूर्ण पाठ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी फेरि कहिल्यै उठ्ने नसक्ने गरी पतनको दिशातर्फ अघि बढिरहेको विश्लेषण गरेका छन् ।

विहीवारदेखि काठमाडौंमा शुरु भएको समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले नेकपा कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको नाममा नेपाली कांग्रेसजस्तै औपचारिक प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको उल्लेख छ ।

डा भट्टराईले प्रतिवदेनमा प्रत्यक्ष लोकतन्त्रको विरुद्धमा नेकपा विपक्षी दल नेपाली कांग्रेसकै कित्तामा पुगेको उल्लेख गरेका छन् ।

नेकपा बलियो पार्टीका रुपमा रहिरहन नसक्ने तर्क डा भट्टराइले उल्लेख गरेका छन्, ‘दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ ।’

उनले नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको ‍प्रतिवेदनमा उल्लेख गरेका छन् ।

मसाल, नेकपा (वैद्य), नेकपा (विप्लव), नेमकिपा, माले शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त रहेको र तिनले सत्तारुढ नेकपाकै उपग्रही विचार बोकेको टिप्पणी डा।भट्टराईले गरेका छन् । विप्लवले सशस्त्र संघर्षको बाटो रोजेर गलत क्रियाकलाप गरेको उनको विश्लेषण छ ।

भट्टराईले राजपा नेपाल राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल रहेको उल्लेख गरेका छन् । राजपासँग धेरै एजेण्डाहरु मिल्ने र एकता प्रकृया पनि चलिरहेको भन्दै उनले एकतालाई निष्कर्षमा पुराउने पर्ने भट्टराइले उल्लेख गरेका छन् ।

‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन् । यस पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ । यो एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्‍याउने प्रयत्न गर्नु पर्दछ’ भट्टराईले लेखेका छन् ।

डा. भट्टराईले पेश गरेको राजनीति प्रतिवेदनको पूर्ण पाठ

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ५० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते