बंगलादेशका राष्ट्रपतिलाई रुपाकोटमा ठेकी उपहार « Khabarhub

बंगलादेशका राष्ट्रपतिलाई रुपाकोटमा ठेकी उपहार


२८ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले विहीबार पर्यटकीयन नगरी पोखराको भ्रमण गरका छन् ।

भ्रमणकै क्रममा उनी कास्कीको रुपाकोट पुगे । त्यहाँ उनलाई सम्मानसहित गाउँपालिकाले उपहारस्वरुप काठको ठेकी प्रदान गरेको छ ।

फेवातालमा जलविहारपछि राष्ट्रपति हमित रुपाकोट पुगेका हुन् । रुपाकोट रिसोर्टबाट उनले हिमाल र तालको प्राकृतिक सौन्दर्यमा रमाएका थिए । उनले त्यहाँबाट देखिने माछापुछ्रे हिमालको दृश्यावलोकन गरे ।

राष्ट्रपति हमिदसँग भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीसँगै रुपाकोट पुगेका थिए ।राष्ट्रपति रुपाकोटबाट फर्किँदा स्थानीयले घाटु, सोरठी, झाँकीसहित स्वागतसँगै विदाई गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ७ : १६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन