नेपालमा पहिलोपटक इ–कार रेसिङ हुने « Khabarhub

नेपालमा पहिलोपटक इ–कार रेसिङ हुने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक फर्मुला वानको इ–कार रेसिङ आयोजना हुने भएको छ । सन् २०२१ को मे महिनामा मुस्ताङको जोमसोममा फर्मुला इ–च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘एक्स्ट्रिम र इ’ नाम दिइएको रेस ब्याट्रीबाट चल्ने विद्युतीय कारको रेस हो । नेपाल पर्यटन बोर्डको संयोजनमा बेलायतको ‘एक्स्ट्रिम इ’ नामक संस्थाले रेसिङ आयोजना गर्न लागेको हो । रेसिङका लागि विभिन्न पाँच भौगोलिक क्षेत्रमध्ये हिमालयतर्फ नेपाल छनोट भएको हो । वातावरणमा अन्य प्रभाव नहोस् भनेर विद्युतीय कारको रेसिङ गर्न लागिएको हो ।

नेपाल भ्रमण वर्षलाई सहयोग पुग्नुका साथै आगामी पर्यटन अभियानमा पनि यसले सहयोग पुग्ने बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले जानकारी दिनुभयो । सन् २०११ मा पहिलो पटक घोषण भएको फर्मुला वानको इ–कार रेसिङ यसअघि सन् २०१४ मा चीनको राजधानी बेजिइङमा उद्घाटन भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र फर्मुला इ–च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागलेसहितको टोलीले दुई दिनअघि मनाङको अवलोकन गरी कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो । विश्वव्यापीरूपमा यो रेसिङमा एक सिट भएका विद्युतीय रेसिङ कार प्रयोग हुँदै आएका छन् । नेपालमा हुने रेसिङ भने फरक छ । यसमा विद्युतीय ‘एसयुभी’ गाडी प्रयोग हुन सक्नेछन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षको सन्दर्भमा हुने यो कार्यक्रमले गन्तव्य प्रवद्र्धनका साथै जलवायु परिवर्तनको जोखिम विश्वमै बढिरहेको सन्दर्भमा वातावरणसम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा राखे । उनका अनुसार मुस्ताङमा हुने यो रेसिङमा विश्वका १२ टिम सहभागी हुनेछन् ।

अध्यक्ष अलेजेन्ड्रोले नेपालको भूगोल रेसिङका लागि उपयुक्त रहेको र साहसिक पर्यटन प्रवर्द्धनका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : ३० बजे

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू