एकाएक लता मंगेशकरको निधनको खबर फैलिएपछि… « Khabarhub

एकाएक लता मंगेशकरको निधनको खबर फैलिएपछि…


२८ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतकी लोकप्रिय गायिका लता मंगेशकरको निधन भएको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि परिवारले खण्डन गरेको छ । एकाएक सामाजिक सञ्जालमार्फत उनको निधनको हल्ल‌ा फैलिएपछि परिवारले यो हल्ला झ‍ूठो भएको जनाएको छ ।

बिहीवार सामाजिक सञ्जालमा लताको निधन भएको खबर फैलिएको थियो । यता परिवारले भने लताको स्वास्थ्यमा सुधार आएको जनाएको छ ।

९० वर्षीय लताको स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको ब्रिज क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । आईसीयुमा उपचार गराएकी लताको स्वास्थ्य अवस्था कमजोर भएको थियो ।

केही दिनयता उनको स्वास्थ्यमा सामान्य सुधार आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।

परिवारले लता मंगेशकर निको हुँदै गएको र यस्तो हल्ला नफैलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  १० : ४५ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर