९ जिल्लामा तरकारी तथा फलफूल बजार स्थापना गर्न डीपीआर « Khabarhub

९ जिल्लामा तरकारी तथा फलफूल बजार स्थापना गर्न डीपीआर


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशका विभिन्न स्थानमा तरकारी तथा फलफूल बजार सञ्चालन गर्ने भएको छ ।

यसका लागि ९ वटा जिल्लाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) तयार परेको छ ।

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रमबाट मुलुकभर ९ स्थानमा आधुनिक तरकारी, फलफूल बजार स्थापनाका लागिका लागि अध्ययन सकिएको र अब बजारका सञ्चालनका लागि कार्यक्रम अघि बढाइने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मकवानपुर, सुनसरी, मोरङ, महोत्तरी, पर्सा, कास्की, कपिलवस्तु, बर्दिया र रुपन्देहीमा तरकारी तथा फलफूल बजार सञ्चालन हुने भएको हो । यी जिल्लामा बजारका सञ्चालनका लागि कुल ६ अर्ब ७५ करोड ७ लाख ४० हजार रुपैयाँ लागत लाग्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले देशभर तरकारी तथा फलफूल बजार निर्माणका लागि विभन्नि कार्यक्रम सञ्चालनमा ल्याउन योजना अघि सरेको थियो । सोही अनुसार पहिलो चरणमा ९ वटा जिल्लामा तरकारी तथा फलफूलको लागि आधुनिक बजार खोल्न डिपीआर तयारी भएको जानकारी दिएको छ । उत्पादन र कृषिको मागलाई मध्येनजर गरेर डीपीआर तयार गरिएको र सोही अनुसार काम अघि बढ्न कृषि मन्त्रालयका कार्यक्रम प्रमुख प्रकाश सञ्जेलले बताएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : १२ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र