यस्ता लक्षण देखिए लागेको हुन सक्छ मिर्गौला रोग « Khabarhub

यस्ता लक्षण देखिए लागेको हुन सक्छ मिर्गौला रोग


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाको मुख्य काम रगतलाई सफा गरेर शरीरमा भएका फोहरलाई फ्याँक्ने र अत्याधिक पानीको मात्रालाई सन्तुलनमा राख्नु हो ।

मिर्गौलाका अरु कामहरु रक्तचाप नियमन गर्नु, सोडियम, पोटासियम जस्ता लवणलाई सन्तुलनमा राख्नु, भिटामिन डि र रातो रक्त कोषिका बनाउन मद्दत गर्नु हो ।

मिर्गौलामा कुनै किसिमको रोग तथा संक्रमण भएमा मिर्गौलाले यी कामहरु राम्रोसँग गर्न सकदैन र मिर्गौला पूर्ण रुपमा विग्रिन सक्छ ।

मिर्गौला सम्बन्धि रोग लाग्ने कारण

मिर्गौला सम्बन्धि रोग लाग्ने कारणमा संक्रमण, पत्थर, प्रोस्टेटको रोग,मधुमेह, उच्च रक्तचाप, औषधिहरुको अनुचित प्रयोग, जन्मजात रोगहरु प्रमुख कारण रहने गरेको छ ।

मिर्गौला सम्बन्धि रोगको लक्षण

–वाक वाक लाग्नु,

–पिसाब धेरै हुन वा धेरै कम हुनु,

–पिसाबमा फिज हुनु,

–सधै थकाई लागि रहनु,

–खान मन नलाग्नु,

– पिसाबमा रगत देखिनु,

–छाला सुख्खा हुनु वा चिलाउनु,

– मासु बाउँडिनु,

–निद्रा नलाग्नु ।

माथिका लक्षणहरु छ भने तपाईमा मिर्गौला सम्बन्धी रोग हुनसक्छ । त्यसैले यस्ता लक्षण देखिएमा नजिकैको स्वास्थ्यसंस्थामा गइ मिर्गौला परीक्षण गर्नुपर्छ ।

मिर्गौला सम्बन्धि रोगबाट कसरी बच्ने ?

–स्वस्थ, ताजा र पौष्टिक खाना मिलाएर दैनिक खाने,

–प्रति व्यक्ति दैनिक ५ ग्राम भन्दा कम नुन खाने,

–पानी प्रसस्त पीउने,

– धुम्रपान र मदिरा सेवन नगर्ने,

– दैनिक कम्तिमा ३० मिनेट पसिना आउने गरी व्यायाम गर्ने,

–चिकित्सकको सिफारिस विना कुनै पनि औषधि सेवन नगर्ने,

–नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्