सौगातको फिल्ममा सृष्टि नभई हुने हो? | Khabarhub Khabarhub

सौगातको फिल्ममा सृष्टि नभई हुने हो?


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता सौगात मल्लले पछिल्लो समय खासै हिट फिल्म दिन सकेका छैनन् । भलै उनका हातमा एकपछि अर्को फिल्म छन् ।

केही वर्षयता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ प्रेमसम्बन्धमा छन् । ‘गाजलु’ गर्ल सृष्टि श्रेष्ठले यो फिल्मबाट राम्रो चर्चा पाइन् । तर उनका हातमा अरु राम्रा फिल्म परेनन् ।

उनलाई नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’ बाट आशा थियो । तर, फिल्मले बक्स अफिसमा कमाल गर्न सकेन ।

भलै सृष्टिले पनि पछिल्लो समय काम पाएकै छिन् । अझ पछिल्लो समय त के छ भने सौगात र सृष्टिलाई निरन्तर सँगै फिल्ममा देख्न थालिएको छ । यसको पछिल्लो उदाहरण हो, ‘माछा माछा’ ।

भलै फिल्म चलेन तर सौगातलाई अभिनय गराएपछि फिल्मको एक गीतमा भए पनि सृष्टिलाई अभिनय गराइएको थियो ।

अहिले त अझ के हल्ला चलेको छ भने कुनै फिल्म यदि सौगातलाई अफर भयो भने उनले सृष्टिलाई पनि सिफारिस गर्छन् । सृष्टिलाई कुनै फिल्म अफर भयो भने सौगातलाई अफर गर्छिन् ।

हालै अफर भएको एक फिल्ममा त सृष्टिले अझ मेकअप आर्टिस्ट समेत आफूले भनेको हुनुपर्ने भन्दै सिफारिस गरेकी थिइन् ।

सौगात र सृष्टिले खासै सफल फिल्म त दिन सकेका छैनन् । तर, मेकरले यी दुईमाथि लगानी गर्न पनि डराइरहेका छैनन् । एकजनालाई राख्दा अर्कोलाई पनि राख्नुपर्ने तर्क पक्कै राम्रो होइन ।

किनकि, कथाले सधै सौगात र सृष्टिलाई नै माग्छ भन्ने छैन । एकअर्कालाई साथ दिनु त बेग्लै कुरा भइहाल्यो । तर, फिल्ममा नै दुवैलाई लिनुपर्ने तर्क अलि जायज नभएको फिल्म वृत्तमा गाइँगुइँ चल्ने गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ५० बजे

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा