निर्देशक समाजको अध्यक्षमा रक्षासिंह राणा « Khabarhub

निर्देशक समाजको अध्यक्षमा रक्षासिंह राणा


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षासिंह राणा अध्यक्ष पदमा विजयी भएकी छिन् ।

शनिवार राजधानीमा सम्पन्न भएको साधारणसभामा ३ वर्षे कार्यकालका लागि राणा चयन भएकी हुन् । अध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका थिए ।

रक्षासिंह अध्यक्ष पदमा १ मतले विजयी भइन् । यस्तै निटकतम प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठले ४४ मत ल्याइन् । विजयी रक्षाले ४५ मत आफ्नो पोल्टामा पारिन् । अध्यक्षका अर्का उम्मेदवार लक्ष्मण रिजाल १९ मत ल्याए भने शेखर खनालले ३ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्ष पदमा राजु अधिकारी विजयी भएका छन् भने महासचिव तर्फ जनकदीप सापकोटाले विजयी हासिल गरे ।

यस्तै सचिव पदमा अरुण कुमार प्रधान विजयी भएका छन् । यता कोषाध्यक्षतर्फ सुमुद्र भट्ट निर्विरोध विजयी भएकी थिइन् ।

३ वर्षपछि भएको निर्वाचनमा चल्तीका निर्देशकको भने उपस्थिति देखिएन । केही चर्चित निर्देशकले नयाँ सिराबाट निर्देशक समाजलाई अगाडि लैजान चाहेका थिए ।

किनकि, निर्देशक समाज लगभग गुमनाम छ । नयाँ कार्यसमितिले कम्तिमा काम गर्ने धेरैले आशा लिएका छन् ।

यस्तो छ कार्यसमितिमा चयन भएका निर्देशकको सूची:

अध्यक्ष- रक्षा सिंह राणा
उपाध्यक्षहरू- राजु अधिकारी र राजेन्द्र कुमार उप्रेती
महासचिव- जनकदीप पराजुली
सचिव- अरुण कुमार प्रधान
कोषाध्यक्ष – समुंद्र भट्ट
सह कोषाध्यक्ष – हरी सिलवाल
सदस्यहरू- किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने ।

मत विवरण:

रक्षा सिंह राणा – ४५ मत (विजयी)
सुचित्रा श्रेस्ठ- ४४ मत
लक्ष्मण रिजाल- १९ मत
शेखर खनाल – ३ मत

उपाध्यक्ष:
राजु अधिकारी – ५८ मत (विजयी)
विजय रत्न तुलाधर – ५७ मत
राजेन्द्र कुमार उप्रेती – ६२ मत (विजयी)
आरबिके शरद – २१ मत

महासचिव:
समीर बलामी- ४० मत
जनकदीप पराजुली- ६१ मत (विजयी)
दिनेश लिंगदेन – ११ मत

सचिव:
अरुण कुमार प्रधान – ५९ मत (विजयी)
जनक खड्का – ३६ मत
बिश्वमणि घिमिरे – १७ मत

निर्विरोध:
कोषाध्यक्ष – समुन्द्र भट्ट
सह कोषाध्यक्ष – हरी सिलवाल
सदस्यहरू- किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल

मुख्य सहायक तर्फबाट सदस्य:
थमन सिंह पुर्जा, सुरेश न्यौपाने

 

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : २६ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई