सागमा स्वर्ण जितेपछि टिमभित्रैका सिनियरहरुको ‘पेलान’मा परेँ – सञ्जु चौधरी « Khabarhub

सागमा स्वर्ण जितेपछि टिमभित्रैका सिनियरहरुको ‘पेलान’मा परेँ – सञ्जु चौधरी


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलदकुद (साग) मा स्वर्ण पदक विजेता सञ्जु चौधरीले आफ्नै टोलीका खेलाडीबाट नराम्रो व्यवहार भोग्नु परेको बताएकी छन् ।

१३ औं सागमा भारत्तोलनका लागि ५९ केजी तौल समूहमा स्वर्ण जितेकी सञ्जुले साग सकिएको १ हप्ता नसकिँदै आफ्नै टिमका सिनियर खेलाडीहरुको दबाव झेल्नु परेको बताएकी हुन् ।

‘साग सकियो । स्वर्ण पनि जिते । तर, मेरा साथीहरुले जे पायो त्यहि कुरा गुरुसँग लगाइरहेका छन् । सामान्य खेलाडी थिए । कसैले केही भनेका थिएनन् । तर, अहिले स्वर्ण जितीसकेपछि अनेक थरीका कुरा काटेर कमजोर बनाउन खोज्दा रहेछन्,’ सञ्जुले खबरहबसँग भनिन्, ‘अर्काको सफलतामा ‘रिस’ गर्ने धेरै हुँदा रहेछन् ।’

भारत्तोलनमा नेपालका लागि स्वर्ण जितेकी उनले पदक जितेपछि टोलीमा आफ्नो विरुद्धमा चलखेल भइरहेको बताइन् । सञ्जुले सिनियर खेलाडीले ‘डोमिनेट’ गर्ने गरेको बताइन् ।

‘साथिहरुले जसरी हुन्छ आफूभन्दा माथि नजाओस् भन्ने सोच्दा रहेछन् । तर, गुरुहरुको साथ पाए अझै राम्रो गर्ने आँट ममा छ । गुरुहरुले अरुका कुरामा ध्यान नदिएर आफ्नो खेलमा ‘फोकस’ हुन सुझाउनु भएको छ ।’

सञ्जुले आफूलाई पेल्न खोजिए पनि आफ्नो कामबाट पछि नहट्ने बताएकी छन् । ‘खुट्टा तान्न खोज्नेहरु खोजिरहुन्, तर, म आफ्नो लक्ष्यमा नपुगी रोकिँदैन,’ सञ्जुले भनिन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ४ : २४ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना