सागमा स्वर्ण जितेपछि टिमभित्रैका सिनियरहरुको ‘पेलान’मा परेँ – सञ्जु चौधरी « Khabarhub

सागमा स्वर्ण जितेपछि टिमभित्रैका सिनियरहरुको ‘पेलान’मा परेँ – सञ्जु चौधरी


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलदकुद (साग) मा स्वर्ण पदक विजेता सञ्जु चौधरीले आफ्नै टोलीका खेलाडीबाट नराम्रो व्यवहार भोग्नु परेको बताएकी छन् ।

१३ औं सागमा भारत्तोलनका लागि ५९ केजी तौल समूहमा स्वर्ण जितेकी सञ्जुले साग सकिएको १ हप्ता नसकिँदै आफ्नै टिमका सिनियर खेलाडीहरुको दबाव झेल्नु परेको बताएकी हुन् ।

‘साग सकियो । स्वर्ण पनि जिते । तर, मेरा साथीहरुले जे पायो त्यहि कुरा गुरुसँग लगाइरहेका छन् । सामान्य खेलाडी थिए । कसैले केही भनेका थिएनन् । तर, अहिले स्वर्ण जितीसकेपछि अनेक थरीका कुरा काटेर कमजोर बनाउन खोज्दा रहेछन्,’ सञ्जुले खबरहबसँग भनिन्, ‘अर्काको सफलतामा ‘रिस’ गर्ने धेरै हुँदा रहेछन् ।’

भारत्तोलनमा नेपालका लागि स्वर्ण जितेकी उनले पदक जितेपछि टोलीमा आफ्नो विरुद्धमा चलखेल भइरहेको बताइन् । सञ्जुले सिनियर खेलाडीले ‘डोमिनेट’ गर्ने गरेको बताइन् ।

‘साथिहरुले जसरी हुन्छ आफूभन्दा माथि नजाओस् भन्ने सोच्दा रहेछन् । तर, गुरुहरुको साथ पाए अझै राम्रो गर्ने आँट ममा छ । गुरुहरुले अरुका कुरामा ध्यान नदिएर आफ्नो खेलमा ‘फोकस’ हुन सुझाउनु भएको छ ।’

सञ्जुले आफूलाई पेल्न खोजिए पनि आफ्नो कामबाट पछि नहट्ने बताएकी छन् । ‘खुट्टा तान्न खोज्नेहरु खोजिरहुन्, तर, म आफ्नो लक्ष्यमा नपुगी रोकिँदैन,’ सञ्जुले भनिन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ४ : २४ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले