आयात रोक्न पहिलो पटक कानुन बन्दै « Khabarhub

आयात रोक्न पहिलो पटक कानुन बन्दै


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उच्च अदालतले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानुन बनाउन लागेको नागरिक दैनिकमा खबरछ ।

सरकारले तयार पारेको सेफगाड्स, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी सामान आयातमा पूर्ण वा आंशिक रुपमा रोक लगाउन सक्ने प्रावधान समेटिएको छ ।

त्यस्तै राष्ट्रियसभामा दुई करोडको खरिद, महासचिवको सहमतिबिना नै भूक्तानी शीर्षकको समाचारमा संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईको स्वीकृतिबिनै संसदको लेखा शाखाले राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सचिवसहितको कार्यकक्षका लागि सामान खरिदबापतको १ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको दबाबमा महासचिवको ठाउँमा सचिवलाई स्वीकृत गराएर लेखाशाखाबाट फागुन २३ गते रकम निकासा गरिएको हो ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानका उपकुलपछि डा राजकुमार रौनियार पदबाट बर्खास्त भएका छन् । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेटको निर्णय सदर गरेपछि रौनियार पदमुक्त भएका हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ५२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले