न्यूजिल्याण्ड चर्च गोलीकाण्ड– २८ वर्षीय अस्ट्रेलियन नागरिकको संलग्नता « Khabarhub

न्यूजिल्याण्ड चर्च गोलीकाण्ड– २८ वर्षीय अस्ट्रेलियन नागरिकको संलग्नता


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डको अल नूर मस्जिदमा रंगभेदी २८ वर्षीय एक अष्ट्रेलियन नागरिकले गोली चलाउदा कम्तिमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रि सञ्चारमाध्यम डेलिमेलले उल्लेख गरेको छ ।

उनले कम्तिमा ५० गोली चलाएको आवाज सुनिएको उल्लेख गरिएको छ । गोली अर्धस्वचालित सर्ट बन्दुकबाट चलाइएको जनाइएको छ ।

ट्वीटरमा ब्रेन्टन टारन्ट भनेर चिनाए न्यू साउथ वेल्स्का बासिन्दा उनले घटना घटाइएको दाबी गरिएको छ । घटना स्थानीय समय अनुसार शुक्रवार दिउँसो १ बजेर ३० मा चर्चामा मानिसहरुले प्रार्थना गरिरहेको बेलामा भएको घटेको थियो ।

डेलिमेल अस्टेलियाले प्राप्त गरेको भिडियोमा दर्जनो गोली प्रहार भएको र मानिस भाग्न खोजिरहेको देखिएको जनाएको छ ।

संदिग्ध व्यक्तिले गोली चलाउनुपूर्व ८७ पेज लामो घोषणापत्र ट्वीटरबाट सार्वजनिक गरेका थिए । यसले भविष्यमा थप आतंकवादी हमलाको संकेत गरेको डेलिमेलले जनाएको छ ।

यससँगै लिनउड मस्जिद, किस्टयनचर्च हस्पिटल र अन्य स्थलमा पनि आक्रमणहरु भएको जनाइएको छ ।

न्यूजील्याण्ड प्रहरीले मानिसहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

अल नूर मस्जिद क्राइस्ट चर्च डीन एवेन्यूमा हेगली पार्कको नजिक रहेको छ । प्रत्यक्षदर्शीहरुले अझै मस्जिद भित्र केही शव रहेको बताएपनि प्रहरीले भने यसको पुस्टि गरेको छैन ।

लगभग २० मिनेट चलेको गोलाबारीमा कम्तिमा ६० जना घाइते भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हमलावरले पहिला पुरुष प्रार्थना घरलाई निशाना बनाएका थिए र त्यसपछि महिलाको कोठामा प्रवेश गरेका थिए ।

न्यूजिल्याण्डका प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई हिरासतमा लिइएको छ । जसमध्ये तीन जना पुरुष र एक जना महिला रहेका छन् ।

प्रहरी अधिकारी माइक बुशका अनुसार कयौं परिचयपत्र बरामद गरिएको छ । यो एक सुनियोजिक हमला भएको र हमलाकारीले ठूलोमात्रामा हतियारको प्रयोग गरेको प्रहरी अनुमान रहेको छ ।

प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार गोलाबारीपछि मानिसहरु ज्यान बचाउनका लागि भागेका थिए । उनीहरुका अनुसार अल नूर मस्जिदमा रगतमा लतपतिएका कयौं मानिस जमिनमा लडेका थिए ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा आर्डनले देशको नाममा सन्देश जारी गर्दै हमलाको भत्सर्ना गरेका छन् । उनले आजको दिन न्यूजीलायाण्डको कालो दिन भएको बताएका छन् ।

घटना लगत्तै सबै स्कूल तथा अस्पताललाई बन्द गरिएको छ ।

अझै केही मानिस मस्जिद भित्र बन्द रहेको जनाइएको छ ।

बीबीसीका अनुसार गोलाबारीमा बांगालादेशको क्रिकेट टिमका खेलाडी सुरक्षित बच्न सफल भएका छन् ।

तस्वीर– रोयटर्स

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १२ : ०८ बजे

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट

कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा

पर्वत– उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा

म्याग्दी नदीमाथि झोलङ्गे पुल निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नम्बर– ४ को

चालक र कर्मचारीसहित ३७ यात्रु लिएर पोखरादेखि काठमाडौँ आउँदै थियो दुर्घटनाग्रस्त बस

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान दुर्घटना

धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले धादिङमा गएराति भएको