वास्तविक नागरिकले नागरिकता पाउनुपर्ने, राज्यविहीनता हुन नहुने तर गैरनागरिकले नागरिकता प्राप्त गर्न नहुने भन्ने विश्वब्यापी आधारभुत सिद्धान्त हो । यो सिद्धान्त नेपालमा पनि रहेको छ । त्यस्तै राष्ट्रियता प्राप्तिको आधार नागरिकता प्राप्ति हो भने नागरिकता प्राप्ति मात्र राष्ट्रियता प्राप्तिको आधार होइन ।
अर्कोतर्फ कुनै पनि नागरिक कुनै पनि देशमा राज्यविहीनता हुनु हुँदैन । राज्यविहीनता भन्नाले कुनै पनि व्यक्तिको राज्यसँग कानूनी एवं सामाजिक सम्बन्धको अभाव हुनु हो । राज्य विहीनतामा नागरिकताको प्राप्ति हुँदैन । जन्मेको ठाउँमासमेत कहिलेकाहीँ मानिस राज्यविहीन हुन पुग्दछ । यदि कुनै पनि व्यक्ति लगातार विदेशमा बसेको अवस्थामा बच्चा जन्मियो भने आफ्नो मुलुकमा जन्मबाट मात्र नागरिकता दिने कानूनी व्यवस्था रहेछ भने उसको बच्चा स्वतः राज्यविहीन हुन पुग्दछ ।
नेपालको संविधान बमोजिम नेपालमा रगतको नाता, जन्मको नाता, बैवाहिक सम्वन्ध, सम्मानार्थ र गैरआवासिय नागरिकता मात्र प्राप्त गर्ने हुँदा यी प्रावधान बाहेकको अवस्थामा नागरिकता प्रदान गर्न नेपालको संविधानले अनुमति दिएको देखिदैन ।
यदि यसभन्दा वाहेकको अवस्थामा नागरिकता दिने गरि संघीय संसदले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नागरिकता दिने प्रावधान राख्यो भने पनि स्वतः नेपालको संविधानसँग बाझिन पुग्दछ, जसलाई सर्वोच्च अदालतमा रहेको सँवैधानिक इजलासले बाझिएको हदसम्म स्वत बदर गर्ने हुँदा संघीय संसदले संशोधन विधेयकमा संविधान अनुकुल नागरिकता विधेयक पारित पारित गर्नु उपयुक्त हुनेछ ।
नेपालमा नागरिकताका समस्या र समाधानका आधारहरु
१)वंशजको नागरिकताः
नेपाली नागरिकको सन्तान राज्यविहिन हुन नहुने
क) सेना, कर्मचारी, शिक्षकहरु कार्यरत रहेको ठाउँमा झुठा विवाह गरेर सन्तान जन्मिएका छाडिएका र आमाले हुर्काएका सन्तान
सेना, कर्मचारी, शिक्षकहरु कार्यरत रहेको ठाउँमा झुठा विवाह गरेर सन्तान जन्मिएका छाडिएका र आमाले हुर्काएका सन्तान नेपालको संविधान प्रारम्भ हुँदाका बखत कुनै ब्यक्तिको जन्म हुँदाका बखत निजको आमा नेपाली नागरिक र निजको बावु समेत नेपाली नागरिक नै भएकोले त्यस्तो ब्यक्ति वंशजकै आधारमा नेपालको नागरिक ठहर्ने हुँदा नेपालको संविधानको धारा ११ (२) (ख) बमोजिम आमाको नामवाट वंशजको नागरिकता प्राप्त गर्ने अधिकार रहन्छ ।
ख) नागरिकता लिनु पूर्व विदेशी नागरिकसँग विबाह गरेकी नेपाली महिला
विदेशी पतिसँग डिभोर्स गरेको खण्डमा स्वतः निजको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछन् भने त्यस्ती नेपाली महिलाले नेपालको संविधानको धारा ११(२) (ख) बमोजिम वंजको नागरिकता प्राप्त गर्न सक्ने छिन् ।
ग) बिवाह विदेशी मुलुकमा गरि नेपाली नागरिकबाट जन्मिएका सन्तान
बिबाह विदेशी मुलुकमा गरि नेपाली नागरिकबाट जन्मिएका सन्तानहरु पनि रगतको नाताको आधारमा नेपालको संविधानको धारा ११(२) को (ख) बमोजिम नै वंशजको नागरिकता प्राप्त गर्न सक्छन् ।
घ) बुवाले पहिचान दिन इन्कार गरेका सन्तान (अर्को विवाह वा अंश वा सम्वन्ध विच्छेद कारण)
कुनै बुवा वा आमा नेपाली नागरिक भएपनि बुवा आमाले अर्को विवाह गरेमा वा सम्वन्ध विच्छेद गरेमा वा अंश लिई भिन्न बसेको खण्डमा समेत नेपालको संविधानको धारा ११(२) (ख) बमोजिम वंशजको नागरिकता प्राप्त गर्न सक्ने छन् ।
ङ) कामको सिलशिलामा वाहिर बिबाह भएर जन्मिएका बच्चा, जसको बाबु विबाह दर्ता समेत नगरि मृत्यु भएको
कामको सिलशिलामा वाहिर बिबाह भएर जन्मिएका बच्चा, जसको बाबु विबाह दर्ता समेत नगरि मृत्यु भएको अवस्थामा नेपालको संविधानको धारा ११(२) (ख) बमोजिम आमाको नामवाट वंशजको नागरिकता प्राप्त गर्न सक्ने छन ।
च) रोजगारको शिलसिलामा बाहिर गएर यौन शोषणमा परी गर्भ वा बच्चा सहित आएका आमाका सन्तानहरु
रोजगारको शिलसिलामा बाहिर गएर यौन शोषणमा परी गर्भ वा बच्चा सहित आएका आमाका सन्तानहरुले वाुबु नेपाली भए नेपालको संविधानको धारा ११(२) (ख) बमोजिम आमाको नामवाट वंशजको नागरिकता प्राप्त गर्न सक्ने छन । विदेशि वाबुले यौन शोषण गरेको ठहरे अगिकृत नागरिकता प्राप्त गर्ने ।
राष्ट्रियता प्राप्तिको आधार नागरिकता प्राप्ति हो भने नागरिकता प्राप्ति मात्र राष्ट्रियता प्राप्तिका आधार होइन । त्यसैले नागरिकता दिँदा राज्यले आफनो देशले कति भारबहन गर्न सक्दछ सोही बमोजिम नागरिकता प्रदान गर्ने कुरा हो
छ) जर्बजस्ती करणीवाट जन्मिएका सन्तान
बिदेशि वाहेक नेपाली पुरुषवाट जर्बजस्ती करणीवाट जन्मिएका सन्तानहरुले स्वतः नेपालको संविधानको धारा ११(२) (ख) बमोजिम आमाको नामवाट वंशजको नागरिकता प्राप्त गर्न सक्ने छन तर विदेशिले जवरजस्ती करणी गरि जन्मेका सन्तानले अगिकृत नेपाली नागरिकता प्राप्त गर्ने छन ।
ज) दुबै नेपाली नागरिकवाट जन्मेका सन्तान बालिग नवन्दै आमा र बाबुको सम्वन्ध बिच्छेद भई अर्को नेपाली नागरिकसँग विबाह गरेमा वा अँश लिएमा, वा अर्को विबाह गरेमा वावु आमा दुवैले आफना सन्तानलाई नागरिकता दिन इन्कार गरेका सन्तान
दुबै नेपाली नागरिकवाट जन्मेका सन्तान बालिग नवन्दै आमा र बाबुको सम्वन्ध बिच्छेद भई अर्को नेपाली नागरिकसँग विबाह गरेमा वा अँश लिएमा अर्को विबाह गरेमा वावु आमा दुवैले आफना सन्तानलाई नागरिकता दिन ईन्कार गरेमा स्वतः नेपालको संविधानको धारा ११ बमोजिम वंशजको नागरिकता प्राप्त गर्न सक्ने छन ।
२) बैबाहिक अंगीकृत
क) विदेशीसँग नेपालमै विवाह भएका र नेपालमै जन्मिएका, हुर्किएका सन्तान (आमा नेपाली )
यदि आमा नेपाली नागरिकता प्राप्त भएको अवस्थामा विदेशीसँग नेपालमै विवाह भएको र नेपालमै जन्मिएका, हुर्किएका सन्तानले वैवाहिक सम्वन्धको आधारमा वाबुले नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको अवस्थामा आमा वंशज र वाबु अगिकृत नागरिकता प्राप्त भएको खण्डमा निजहरुका सन्तानले धारा ११(७) को स्पष्टिकरण बमोजिम त्यस्ता सन्तानहरुले बँसजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्दछन । यदि विदेशि बावुले नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको अवस्था नभएको खण्डमा निजहरुका सन्तानले अगिकृत नागरिकता मात्र पाउन सक्छन ।
ख) नेपाल बस्न चाहेमा विदेशी पुरुष वा बुहारीलाई बैबाहिक परिचयपत्र (नेपाली नागरिसँग विवाह भई अंगीकृत नागरिकता प्राप्त नगरेसम्म आर्थिक,साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरि परिचयपत्र ) दिने
यो कुरा नेपालको संविधानको धारा १४ सँग स्वतः वाझिन पुग्दछ । वंशज वा जन्मको आधारमा प्राप्त गरेको नेपाली नागरिकले विदेशि मुलकुको नागरिकता प्राप्त गरेमा मात्र आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न गैरआवासिय नागरिकता प्राप्त गर्ने हो । परिचय पत्र प्राप्त गर्न सक्दैनन ।
ग) विदेशिसँग विवाह भई कारणबश बावुको देश छाडि नेपाली आमासँगै नेपालमा बसोवास गर्दै आएका सन्तान
विदेशिसँग विवाह भई कारणबश बावुको देश छाडि नेपाली आमासँगै नेपालमा बसोवास गर्दै आएका सन्तानले नेपालको संविधानको धारा ११(७) बमोजिम निजहरुका सन्तानहरुले विदेशिबावुका्े देशको नागरिकता प्राप्त नगरेको अवस्थामा संघिय कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन ।
घ) विदेशि बाबु, नेपाली आमा भएका तर सम्वन्ध विग्रिएका कारण आमासँग नेपाल आएर बसोवास गरेका सन्तान
विदेशि बाबु, नेपाली आमा भएका तर सम्वन्ध विग्रिएका कारण आमासँग नेपाल आएर बसोवास गरेका सन्तान समेतले नेपालको संविधानको धारा ११(७) बमोजिम निजहरुका सन्तानहरुले विदेशिबावुका्े देशको नागरिकता प्राप्त नगरेको अवस्थामा संघिय कानुन बमोजिम नोपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन ।
ड.) बिदेशि नागरिक आफनो देशको नागरिकता प्राप्त नगर्दै नेपालमा आई नेपाली महिलासंग बिबाह गरि सन्तान जन्मिएका तर उक्त बाबुको बैबाहिक अंगीकृत नागरिता प्राप्त नगर्दै मृत्यु भएमा निजका सन्तान
विदेशी नागरिक आफनो देशको नागरिकता प्राप्त नगर्दै नेपालमा आई नेपाली महिलासंग बिबाह गरि सन्तान जन्मिएका तर उक्त बाबुको बैबाहिक अंगीकृत नागरिता प्राप्त नगर्दै मृत्यु भएमा निजका सन्तानले नेपालको संविधानको धारा ११(७) बमोजिम निजहरुका सन्तानहरुले विदेशिबावुका्े देशको नागरिकता प्राप्त नगरेको अवस्थामा संघिय कानुन बमोजिम नोपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन्।
च) नेपाली महिला नागरिकसँग वैवाहिक सम्वन्ध कायम भएको विदेशी पुरुष अर्थात विदेशी ज्वाइँँले चाहेमा सँघिय कानुन बमोजिम विदेशी महिलासरह अंगीकृत नागरिकता पाउन सक्ने वा नसक्ने ?
संघीय संसदमा विचाराधिन नागरिकता विधेयकमा सविधानमा उल्लेखित नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ भन्ने प्रावधानलाई टेकेर नेपाली महिला नागरिकसँग वैवाहिक सम्वन्ध कायम भएको विदेशि पुरुष अर्थात विदेशी ज्वाइँले चाहेमा संघीय कानून बमोजिम विदेशी महिलासरह अंगीकृत नागरिकता पाउन सक्ने भन्ने प्रावधान राख्न खोजिएको छ ।
यसो भने यो प्रावधान नेपालको संविधानसँग स्वतः बाँझिन पुग्दछ र बाँझिएको हदसम्म उक्त प्रावधानलाई संवैधानिक इजलासले वदर गरिदिने हुनाले कतै कुनै पनि विदेशी मुलुक वा आईएनजीओ वा राजदूतावासको प्रभावमा परेर विदेशी पुरुष वा विदेशी ज्वाइँलाई नागरिकता दिने प्रावधान राखियो भने यो संविधानको उपहास हुनेछ ।
संविधानले विदेशि महिला सरह विदेशि पुरुषले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने कुरा नै सँविधानले चिन्दैन । संघीय कानुन बमोजिम अंगीकृत नागरिकता दिने भनि संविधानले ब्यक्त गरेको शब्द र भावना भनेको विदेशि महिला जो नेपालको नागरिक सँ वैवाहिक सम्वन्ध भएकी विदेशि नागरिक वा विदेशि पुरुषसँग नेपाली महिलाले विवाह गरि निजहरुवाट जन्मेका सन्तानहरुले विदेशी मुलुकको नागरिकता नलिने घोषणा गरेको खण्डमा मात्र संघीय कानुन बमोजिम नेपाल सरकारले अंगीकृत नागरिकता दिन सक्ने संवैधानिक प्रत्याभुति हो न कि यसैको आधारमा तथ्यको भ्रममा परि विदेशि पुरुष वा ज्वाइँलाई दिने भनेको हो ।
निष्कर्ष : अतः राष्ट्रियता प्राप्तिको आधार नागरिकता प्राप्ति हो भने नागरिकता प्राप्ति मात्र राष्ट्रियता प्राप्तिका आधार होइन । त्यसैले नागरिकता दिँदा राज्यले आफनो देशले कति भारबहन गर्न सक्दछ सोही बमोजिम नागरिकता प्रदान गर्ने कुरा हो । यसको अर्थ यो होइन कि बास्तविक नागरिकले नागरिकता नपाउने र गैरनागरिकले नागरिकता पाओस् । यसैको आधारमा वास्तविक नागरिकले नागरिकता प्राप्ति उसको संवैधानिक, कानूनी, तथा मानव अधिकार पनि हो । यसैको आधारमा उसलाई राज्यविहीन बनाइनु हुँदैन ।
प्रतिक्रिया