काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम ७० प्रतिशत सम्पन्न « Khabarhub

काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम ७० प्रतिशत सम्पन्न


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ । समिति अन्तरगतको उपसमितिले सो द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो ।

समितिकी सभापति कल्याणी खड्काले समितिको शुक्रबारको बैठकमा सो दू्रतमार्गको स्थलगत अवलोकनसम्बन्धि प्रतिवेदन पेश गर्दै नेपाली सेनाले सो द्रुतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिए । ७६ दशमलव २ किलोमिटर लम्बाई रहेको सो द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ ।

उपसमितिकी संयोजक समेत रहेका सभापति खड्काले स्थलगत अवलोकनको क्रममा सो द्रुतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको जानकारी दिए ।  प्रतिवेदनमा सो द्रुतमार्गको काम विना अवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढन पनि नेपाली सेनालाई सुझाव दिइएको छ ।

त्यसैगरी स्थानीय स्तरमा भएका निर्माण सामग्रीको पनि उचित प्रयोगमा ध्यान पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिए । स्थानीय निर्माण सामग्री प्रयोगमा कानूनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा सो द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ । २०७४ साल बैशाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी सो द्रुतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो आयोजनाको निर्माणका लागि एक खरव १२ अरब बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ५ : २१ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल