७० लाख बराबरको चोरीका सामानसहित तीन जना पक्राउ « Khabarhub

७० लाख बराबरको चोरीका सामानसहित तीन जना पक्राउ


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठूलो परिमाणमा चोरीका सामानसहित प्रहरी काठमाडौंका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परीसर महाराजगञ्जको टोलीले विभिन्न समयमा गरी करिव ७० लाख बराबरको धनमाल चोरी गरेको आरोपमा दुई भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारीका पारस प्रसाद, भारत समस्तिपुरका सन्तोष पोद्दार र रामेछापका ओमराज श्रेष्ठ छन् । घटनामा संलग्न अन्य चारजना भने फरार रहेको महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहले बताए ।  प्रहरीले उनिहरुको साथबाट शौचालयमा प्रयोग हुने ब्राण्डेड कम्पनिका धारा तथा अन्य पार्टपुर्जा लगाएत हार्डवेयर सामाग्रीहरु बरामद् गरेको छ ।

त्यसैगरी उनिहरुका साथबाट ९ किलो ५०० ग्राम चाँदी र ७० हजार नगद समेत बरामद गरेको छ । त्यस्तै बा१ज ११९२ नंम्बरको ट्याक्सी, बा १४ च ७२६९ नंम्बरको मारुती भ्यान र बा ८० प १५४० नम्बरको १५० सीसीको पल्सर मोटरसाईकल समेत बरामद् भएको छ । चोरीमा संलग्नहरुले काठमाडौंका विभिन्न हार्डवेयर, ज्वेलर्स, फेन्सी पसल लगायत स्थानमा दिउँसो रेकी गर्ने र रातीको समयमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले पक्राउ परेको गिरोहले गत असोजमा भक्तपुरको कमलविनायक, कात्तिका काठमाडौंको कपन, मंसिरमा ललितपुर हरिशिद्धि र काठमाडौंको विशालनगर माघमा ललितपुर ईमाडोलमा रहेको हार्डवेयर र फेन्सी पसलमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका अभियुक्त विरुद्ध चोरी तथा डाँका कसुर शीर्षकमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ५ : ०७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा