इजरायलद्वारा गाजा क्षेत्रमा तीव्र कारबाही « Khabarhub

इजरायलद्वारा गाजा क्षेत्रमा तीव्र कारबाही


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल– आर्थिक राजधानी तेल अभिभमा रकेट आक्रमण भएपछि इजरायलले प्यालेष्टाइनको गाजा क्षेत्रमा व्यापक आक्रमण गरेको छ ।
इजरायली वायुसेनाले गाजा क्षेत्रमा रहेको त्यहाँ सक्रिय इस्लामिक समूह हमासका १ सय भन्दा धेरै आधार शिविरलाई लक्षित गरी आक्रमण गरेको जनाएको हो ।

आक्रमणमा गाजा क्षेत्रमा भएको क्षतिबारे भने केही खुलाइएको छैन । त्यसअघि प्लोष्टाइनी क्षेत्रबाट तेल अभिभ शहरमा ६ वटा रकेट प्रहार गरिएको बताइएको छ ।

६ वटा रकेट प्रहार गरिएको भएपनि इजरायलको अत्याधुनिक आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ५ वटा रकेट खसालेको तर, एउटा रकेट मात्रै विष्फोट हुन पाएको इजरायली अधिकारीले जनाएका छन् । रकेट आक्रमणमा कुनै क्षति नभएको समेत बताइएको छ ।

इजरायलको आर्थिक राजधानी तेल अभिभमा सन् २०१४ को गाजा युद्ध पछि भएको यो पहिलो रकेट आक्रमण हो । यता गाजा क्षेत्रमा सक्रिय समूह हमासले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ ।

तर, इजरायलले भने आक्रमणमा हमासको बाहेक अरु कुनै समूहको संलग्नता हुनै नसक्ने भन्दै हमासको सैनिक शिविरलाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ४१ बजे

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम