जनकपुर पुगेर पूर्व राजा शाहले भने- ‘मधेश होइन तराई भनौं’ « Khabarhub

जनकपुर पुगेर पूर्व राजा शाहले भने- ‘मधेश होइन तराई भनौं’


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– तराईका जिल्लाको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरेका छन् । जनकपुर पुग्दा पूर्वराजा शाहलाई स्थानीयले स्वागत गरे ।

उनी सर्लाही हुँदै शुक्रबार जनकपुर पुगेका हुन् । विहीबार उनले सर्लाहीको दुर्गा मन्दिरमा पूजाआजा गरेका थिए । तराईका जिल्लाको भ्रमण तथा पूजाआजामा व्यस्त भए पनि उनले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

तर, शुक्रबार भने उनले जानकी मन्दिरमा पूजाआजा गरेपछि मुलुकमा शान्ति र जनताको भलो चाहेको प्रतिक्रिया दिए । मधेश कस्तो लाग्छ भन्ने पत्रकारको प्रश्नमा पूर्वराजा शाहले भने- ‘मधेश होइन तराई भन्नुस् ।’

जनकपुरमा जानकी मन्दिरका पुजारीले शाहलाई चाँदीले बनेको जानकी मन्दिरको प्रतिमा प्रदान गरेका थिए । त्यस्तै पूर्वराजा शाहलाई राप्रपा नेपाल, राप्रपा संयुक्त, शिव सेना, राजपा लोकतान्त्रिकलगायतका कार्यकर्ता तथा समर्थकहरुले फूलमालासहित स्वागत गरेका थिए ।

उनी शनिबार उदयपुर पुगेर पुनः जनकपुर पुगी आइतबार काठमाडौं फर्किने कार्यक्रम रहको उनका निजी सचिव फणि पाठकले जानकारी दिए ।

जानकी मन्दिरमा पूर्वराजले गरे पूजाअर्चना (भिडियो)

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : ०९ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या