१० अर्ब बढीको विदेशी लगानी स्वीकृत « Khabarhub

१० अर्ब बढीको विदेशी लगानी स्वीकृत


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगानी बोर्डले चार पा‌ंग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ औं बैठकले चार पा‌ंग्रे सवारी साधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरी १० अर्ब ५४ करोडको कोरियन लगानी स्वीकृत गरेको हो ।

बैठकले अरुण तेश्रो आयोजनामा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले नेतृत्व गर्ने गरि स्थानीय स्तरको कार्यदल गठन गरेको छ । बैठकले सो कार्यदललाई ३ महिना भित्र अध्ययन प्रतिवेदन पेश गर्ने समय सिमा पनि तोकेको छ । अरुण तेश्रो आयोजनाको वित्तीयस्रोत जुटाउनका लागि बैठकले जुन २०१९ सम्म ३ महिना समय थप गरेको छ ।

बैठकमा बोर्डको सचिवालयले लगानी सम्मेलनको बारेमा भइरहेको तयारी र प्रगतीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो । बोर्डले लगानी सम्मेलनको लागि आफैले बनाएको ४५ वटा र निजी क्षेत्रबाट १७ वटा गरि ६० बढी आयोजनाहरु प्रस्तुत गर्ने गरी आयोजनाहरुको स्वीकृत गरेको छ ।

यसरी छनोट गरी स्विकृत भएका परियोजनाहरु फोहर मैला, यातायात, पर्यटन, जलविद्युत लगायत विभिन्न क्षेत्रका आयोजनाहरु रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । साथै उनले लगानी सम्मेलनका लागि ४ सय भन्दा बढी विदेशीको सहभागीता सुनिश्चित भईसकेको र सो अवसरमा केही आयोजनाको दुई पक्षीय सम्झौता हुने र केहीको एमओयुमा हस्ताक्षर गर्ने तयारी पनि भइरहेको जानकारी दिए ।

बैठकले धादिङमा निर्माण सुरु भएको हुवासी सिमेण्टको स्थानीयस्तरमा वितरण गर्ने शेयर स्वामित्वको पनि स्वीकृति दिएको छ ।

लगानी बोर्ड बैठकको निर्णय भिडियो

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १० : २१ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै