खानेपानीको अभाव हुन थालेपछि महिलाले बनाए रिचार्ज पोखरी « Khabarhub

खानेपानीको अभाव हुन थालेपछि महिलाले बनाए रिचार्ज पोखरी


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् ।

सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् । सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी कार्कीले जानकारी दिइन् ।

नवज्योति महिला सशक्तीकरण केन्द्रमा आबद्ध महिलाले मिलेर पानीको मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय तारा कार्कीले जानकारी दिइन् ।

पछिल्लो समय जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोगलगायतका कारणले पानीका मुहान सुक्न थालेपछि मुहान संरक्षणमा महिला सक्रिय छन् ।

पानीको मुहानबाट माटोको ढिस्कोले ड्याम बनाएर रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी चुनाराले बताइन् । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाजले तटीय क्षेत्रका बासिन्दालाई पानीको मुहान संरक्षणका बारेमा जानकारी दिएपछि स्थानीय महिलाले रिचार्ज पोखरी निर्माण गरेको कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ४६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार