बागलुङमा पूर्ववडाध्यक्ष ५ दिनदेखि बेपत्ता « Khabarhub

बागलुङमा पूर्ववडाध्यक्ष ५ दिनदेखि बेपत्ता


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–४ कुडुँका ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन् ।

चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म फेला पर्न नसकेको बताएको छ ।

परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म खोजीकार्य गर्दासमेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

पाँच दिनसम्म परिवारको सम्र्पकमा नआएका कारण सबैलाई खोजी गरिदिन आग्रह गरेको परिवारका आफन्त भोलानाथ आचार्यले बताए । शर्माको खोजी गर्नका लागि स्थानीय बासिन्दा दिनभर ढोडेनी तथा कालीगण्डकी किनारमा जाने भए पनि शर्मा फेला पर्न सकेका छैनन् ।

शर्मा साविक बागलुङ नगरपालिका–१० का पूर्ववडाध्यक्ष हुन् । सामाजिक भावना भएका शर्मा बिना कारण बेपत्ता भएको परिवारले जनाएको छ । शर्मालाई बेपत्ता हुँदाको दिन स्थानीयले घरबाट तल ढोडेनी भन्ने ठाउँमा देखेको प्रहरीले जनाएको छ । घरदेखि तल ठूलो भीर र कालीगण्डकी नदी रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ५० बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको