गठिया बाथको लक्षण तथा उपचार विधि « Khabarhub

गठिया बाथको लक्षण तथा उपचार विधि


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरको रोग  प्रतिरोधात्मक  शक्तिले आफ्नै शरीरको अंगलाई असर पुर्‍याउने रोग बाथ रोग हो । तपाईमा जोर्नी दुख्ने तथा सुन्निने समस्या छ भने त्यो बाथ रोगको लक्षण हुनसक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् ।

आज हामी तपाईलाई गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस बाथ रोगको विषयमा जानकरी गराउँछौं । गठिया बाथ सबैभन्दा धेरै देखिने बाथ हो। गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ। २० देखि ५० वर्ष उमेर समुहका महिलालाई यो रोगले धेरै सताउने गरेको छ ।

गठिया बाथ रोगको लक्षण

–हातखुट्टाका जोर्नीहरू दुख्ने,
–हातखुट्टाका सुनिने,
–बिहानीपख हातखुट्टाका कडा हुने,
–ज्वरो आउने,
–आलस्य हुने,
–चाँडै थाक्ने तथा गल्ने ,
–छालामा निको नहुने घाउ आउने,
–आँखा रातो हुने तथा दुख्ने,
–फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने,
–फोक्सोबाहिर पानी जम्ने ।

बिरामीले देखाउने लक्षण र जोर्नीहरूको जाँच गर्नेवित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ। कहिलेकाहीँ बाथ रोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न भने रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ। धेरै पुरानो रोग तथा औंलाहरू बाङ्गो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन तर यस्तो अवस्थामा बाथको उपचार पनि पूरा हुन सक्दैन। तसर्थ बाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्षभित्र गर्न सक्नुपर्छ।

गठिया बाथको उपचार यसरी हुन्छ

औषधि : बाथ रोगको उपचारका लागि सबैभन्दा पहलिा यसको सही पहिचान गर्न सक्नुपर्छ । जोर्नीमा बिगार शुरु भएपछि उपचार कठिन हुन सक्छ। बाथ रोगको उपचारमा दुई प्रकारको औषधि प्रयोग हुन्छ

नदुख्ने औषधि तथा स्टेरोइडः यी औषधिले बाथको दुखाइ तथा सुन्निनेबाट चाँडै आराम दिलाउँछ। उपचारको सुरुवातमा यस्ता औषधि प्रयोग गर्नुपर्ने हुन्छ। तर केवल नदुख्ने औषधि अथवा स्टेरोइडको प्रयोग गर्नाले नकारात्मक असर भने पर्न सक्छ। यस्ता औषधि सकेसम्म कम मात्रामा तथा बाथ रोक्ने औषधिसँग मिलाएर प्रयोग गर्नुपर्छ।

बाथ रोक्ने औषधिः बाथ रोक्ने औषधिले रोगका असर तथा जोर्नी खराब गर्ने क्रमलाई रोक्ने गर्छ। यी औषधिहरू कडा हुने हुनाले यसको सेवनपश्चात बेलाबेलामा रगत जाँच गराउनुपर्ने हुन्छ।

बाथ रोगको प्राकृतिक उपचार भनेको शारीरिक व्यायाम हो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ४ : ३७ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका