अफगानिस्तानको कुन्दुज शहरमा तालिबान समूहको भीषण आक्रमण « Khabarhub

अफगानिस्तानको कुन्दुज शहरमा तालिबान समूहको भीषण आक्रमण


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले मुलुकको उत्तरमा रहेको कुन्दुज शहरआसपास भीषण आक्रमण गरेको छ ।

सयौंको सङ्ख्यामा आएका तालिबानी लडाकुले कुन्दुज शहरको बाहिरी क्षेत्रमा भीषण आक्रमण गरिरहेको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा भएको क्षतिबारे स्पष्ट नभइसके पनि अफगान सेनाले भने भीडन्तमा ४० भन्दा धेरै तालिबान लडाकु मारिएको तथा मौलवी नासिर नामक वरिष्ठ कमाण्डरसहित १२ तालिबान लडाकु घाइते भएको जनाइएको छ ।

कुन्दुज शहरमा भएको भीडन्तका क्रममा दर्जनौं मानिसहरु विस्थापित भएको अफगान अधिकारीले जनाएका छन् ।

हताहतिबारे कुनै टिप्पणी नगरेपनि तालिबानले पछिल्लो आक्रमण वसन्त ऋतुको सैनिक अभियान अन्तर्गत गराइएको जनाएको छ । पछिल्लो शुक्रबार तालिबानले अल फतेह नाम दिएर वसन्त ऋतुको आक्रमणको घोषणा गरेको थियो ।

हिउँद याममा अफगानिस्तानमा भारीमात्रामा हिउँ पर्ने भएकाले तालिबानले वसन्त ऋतुबाट सैनिक अभियान थाल्ने गरेको छ ।

वसन्त ऋतुको सैनिक आक्रमणको घोषणा गरेलगत्तै अफगानिस्तानका विभिन्न क्षेत्रमा तालिबान र सरकारी सुरक्षा फौजबीच भीषण भीडन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १ : ०० बजे

जेन-जीका नाममा जलाइएको संसद् भवन पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्या भण्डारीले बिहीबार मध्याह्न नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा

म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुना ‘एफएम भिलेज’ ‘फ्रुट’(फलफूल) र ‘मिल्क’ दूध

एकनाले भरुवा बन्दुक बरामद

कैलाली– भजनी नगरपालिका-९ गन्जहुवास्थित सरस्वती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थान

न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रविको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- सहकारी ठगी प्रकरणमा जेल जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

विभेद्विरुद्ध जाग्दै मधेशका महिला

महोत्तरी– सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा विभेदमा परेका मधेशको