अफगानिस्तानको कुन्दुज शहरमा तालिबान समूहको भीषण आक्रमण « Khabarhub

अफगानिस्तानको कुन्दुज शहरमा तालिबान समूहको भीषण आक्रमण


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले मुलुकको उत्तरमा रहेको कुन्दुज शहरआसपास भीषण आक्रमण गरेको छ ।

सयौंको सङ्ख्यामा आएका तालिबानी लडाकुले कुन्दुज शहरको बाहिरी क्षेत्रमा भीषण आक्रमण गरिरहेको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा भएको क्षतिबारे स्पष्ट नभइसके पनि अफगान सेनाले भने भीडन्तमा ४० भन्दा धेरै तालिबान लडाकु मारिएको तथा मौलवी नासिर नामक वरिष्ठ कमाण्डरसहित १२ तालिबान लडाकु घाइते भएको जनाइएको छ ।

कुन्दुज शहरमा भएको भीडन्तका क्रममा दर्जनौं मानिसहरु विस्थापित भएको अफगान अधिकारीले जनाएका छन् ।

हताहतिबारे कुनै टिप्पणी नगरेपनि तालिबानले पछिल्लो आक्रमण वसन्त ऋतुको सैनिक अभियान अन्तर्गत गराइएको जनाएको छ । पछिल्लो शुक्रबार तालिबानले अल फतेह नाम दिएर वसन्त ऋतुको आक्रमणको घोषणा गरेको थियो ।

हिउँद याममा अफगानिस्तानमा भारीमात्रामा हिउँ पर्ने भएकाले तालिबानले वसन्त ऋतुबाट सैनिक अभियान थाल्ने गरेको छ ।

वसन्त ऋतुको सैनिक आक्रमणको घोषणा गरेलगत्तै अफगानिस्तानका विभिन्न क्षेत्रमा तालिबान र सरकारी सुरक्षा फौजबीच भीषण भीडन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १ : ०० बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट