घुस दिन खोज्ने बसका चालकसहित ३ जना पक्राउ « Khabarhub

घुस दिन खोज्ने बसका चालकसहित ३ जना पक्राउ


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले ३ लाख ५० हजार घुस दिन खोज्ने दिल्ली–काठमाडौं चल्ने टुरिष्ट बसका चालकसहित ३ जना पक्राउ गरेको छ ।

प्रहरीलाई नै घुस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दिपा राना र नुवाकोट ककनीका भरत तामाङलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

उनीहरुलाई प्रहरीले गत चैत्र ३० गते साँझ काठमाडौंको चमतीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए । उनीहरुले बसमा लुकाई करिव ५५ लाख ८८ हजार मूल्य बराबरको लत्ताकपडा अवैध रुपमा नेपाल ल्याएका थिए ।

सो अवैध लत्ता कपडा छुटाउन प्रहरीलाई घुस दिनका लागि सर्लाहीका चालक विश्वकर्माले ल्याएको ३ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको जनाएको छ ।  चालक विश्वकर्मालाई सो काममा सहयोग गर्ने तामाङसँग रहेको ५० हजार नगद पनि बरामद गरिएको परिसर प्रमुख लामाले जानकारी दिए ।

गोप्य  सूचनाको आधारमा प्रहरीले सो टुरिष्ट बसमा खानतलासी गरेको थियो । उनीहरुको साथबाट थप १ लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : २१ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६