अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ लाख बढी अवैध मुद्रासहित २ पोल्याण्डेली पक्राउ | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ लाख बढी अवैध मुद्रासहित २ पोल्याण्डेली पक्राउ


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पोल्याण्डेली नागरिक अवैध मुद्रासहित पक्राउ परेका छन् ।

अवैध रुपमा लैजान लागिएको अमेरिकी डलर, युरो र नेपाली रुपैयाँसहित २ पोल्याण्डेली नागरिक पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट ३५ लाख २२ हजार ८ सय ९७ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको छ ।

पक्राउ पर्नेमा माक्सिमिलियान वेंगलोक्सी र याकुव स्तेच्की छन् । कतार एयरको फ्लाइट नम्बर क्यूआर ६४५ मार्फत काठमाडौंबाट कतारको दोहा जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट १९ हजार ७ सय अमेरिकी डलर, १० हजार २ सय युरो र ५८ हजार नेपाली रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाउने तयारी भइरहेको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ४ : ५६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’